७ माघ, काठमाण्डौ
नेपालीको आवाज न्युज डेस्क

चर्चीत मिडियाकर्मी रबि लामिछानेले चलचीत्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसंग कानुनी बिवाह गरेका छन् । जसको जानकारी उनले आफ्नै फेशबुक स्टाटस मार्फत दिएका हुन् । केही समय अघि २५ वर्षे लामो वैवाहीक जिवन टुंगाई सम्वन्ध विच्छेद गरेका लामिछानेले अन्तत निकीता पौडेलसंग बिवाह गरेका हुन् ।

टेलिभिजनमा नयाँ शैलीको कार्यक्रम सञ्चालन गरेर चर्चाको शिखरमा रहेका रविका पछिल्लो समय लाखौ प्रशंसक छन् । गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी निकीताले पनि ७ वर्ष अघि डिभोर्स गरेकी थिईन् ।
कानुनी विवाह पछि रविले आफ्नो स्टाटसमा लेखेका छन्, “ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।”

तपाईको प्रतिक्रिया