रत्ननगर । चितवनकाे रत्ननगर वडा नं १५ स्थित माधवपुरमा भाेली शनिबार देखि प्रथम माधवपुर गाेल्डकप सुरु हुँदैछ । वडा कार्यालयसंगकाे सहकार्यमा माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे छ । आयाेजक क्लवले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे छ ।
प्रतियाेगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे र भाेली बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्ने समितिका अध्यक्ष गणेश तामाङले जानकारी दिए । प्रतियाेगिताका संयाेजक भीमराज वाइवा खेलकाे माध्यमबाट माधवपुरलाई राष्ट्रिय स्तरमा परिचित गराउन प्रतियाेगिता आयाेजना गरिएकाे बताए । प्रतियाेगिताका राष्ट्रिय स्तरका टिमकाे सहभागिता रहेकाे छ । सेन्ट्रल कलेजले प्रायाेजन गरेकाे साे प्रतियाेगिता प्रथम पुरस्कार १ लाख ११ हजार १११, द्धितिय पुरस्कार ५५ हजार ५५५ र उत्कृष्ट खेलाडी, गाेल किप्पर, सर्वाधिक गाेलकर्तालाई पुरस्कृत गरिने संयाेजक वाइवाले जानकारी दिए । प्रतियाेगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएकाे छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि वडाध्यक्ष आशिक तामाङले विकासकाे सुचक मध्येकाे खेलकुद रहेकाले वडा कार्यालयले यसलाई प्राथमिकतामा राखेकाे बताए । माधवपुरमा जग्गा भाडामा लिएर खेलमैदान तयार गरिएकाे भन्दै उनले वडा भित्रका युवाहरुलाई खेलकुदसंग जाेडेर कुलतकाे जाेखिमबाट मुक्त गर्ने दीर्घकालिन याेजना रहेकाे बताए । पत्रकार सम्मेलनमा वडा सदस्य इमप्रसाद पन्त सहित खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।