चितवन । जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा बारा जिल्ला घर बताउने जितपुर सिमरा उप महानगरपालिका वडा नं. १२ बस्ने बर्ष २२ का राजन नट रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, माडी नगरपालिका ३ की १२ वर्षिया बालिकालाई हात हेराउने बाहनामा पीडितकै घरभित्र पसेर जबरजस्ती करणी गर्न प्रयास गरेको पीडितको भनाई छ । आरोपित आँफू तान्त्रिक भएको र हात हेराउदै माडी क्षेत्रमा घुम्दै आएको बताएका छन ।आरोपित तान्त्रिक युवाले बालिकालाई जबरजस्ती करणी गर्न खोजेपछि बालिकाको परिवारले प्रहरीमा उजुरी दिएको थियो । उजुरी पश्चात् आरोपित नटलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया