अजित अधिकारी
चितवन । माडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा माडी नगरपालिका ३ बस्ने बर्ष ५२ का नेमवा भन्ने धुपल महतो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, महतो केहि दिन अगाडि ७ बर्षिया बालिका बलात्कार गरी फरार भएका थिए ।

फरार पश्चात् पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले आज बालिका बलात्कार गर्ने महतोलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया