-अजित अधिकारी
चितवन- माडी मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत फलफूलखेती गरिने भएको छ । माडी नगरपालिका वडा नं. ५ स्थित बघौडादेखि छरछरेसम्म मगोइ खोलाको किनारमा करिब ५० बिगाहा जमिनमा आइडिया फर नेपाल र एन.आर.एण्ड पार्टनर्सको ब्यबस्थापन र लगानी साथै माडी नगरपालिकाको सहकार्यमा विभिन्न जातका बृहत फलफुल खेती बिस्तार गर्न लागिएको हो ।
कृषि पर्यटन प्रबद्र्धन परियोजना क्षेत्र अन्र्तगत माडी क्षेत्र खेती गर्न योग्य भुमी भएका कारण र माडीलाइ इको नगरपालिकाको रुपमा समेत बिस्तार गर्न सकिने प्रचुर सम्भावना रहेका कारण र माडीमा चितवन राष्टिय निकुञ्जका कारण अन्य ठुला उधोग कलकारखाना खुलाउन नसकिने हुँदा र कृषिको लागि माडीको भुमी अति उर्बरशिल रहेको कारण माडी क्षेत्रलाई एग्रोकल्चर इकोलोजी र बायोलोजीका कारण खेतीका लागि अति सम्भावना रहेको छ ।

माडीमा चारैतिर चितवन राष्टिय निकुञ्जले घेरिएको र बिचमा समथर भुभाग रहेको छ जसका कारणले गर्दा माडी एग्रो टुरिजम कृषि पर्यटनको रुपमा सो क्षेत्रलाई प्रचुर सम्भावनाको रुपमा लिन सकिन्छ । फलस्वरूप यस्ता थुप्रै सम्भावनाहरुको कारणले पनि विभिन्न जातका हाइटेक बृहत फलफुल खेती गर्न लागिएको बृहत फलफुल खेती बिस्तार तथा कृषि पर्यटन प्रबर्द्धन सहयोग तालिम माडीका फिल्ड म्यानेजर टुकनारायण पौडेलले नेपालीको आवाज डटकमलाई जानाकारी दिए ।
उनले माडी कृषि क्षेत्रको रुपमा समेत अग्रस्थानमा रहेको बताउदै विशेषगरी माडी क्षेत्रमा मानिसहरुको पछिल्लो समय कृषि पेशा तर्फ आकर्षण बढेको कारण पनि माडीमा विभिन्न तरिकाहरुबाट अहिले खेती गर्ने प्रणालीको सुरुवात भएको बताए । उनले अधिकांश मानिसहरु कृषि पेशा तर्फ निर्भर रहेको कारण पनि पछिल्लो समय कृषि पेशातर्फ मानिसहरुको रुचि बढ्दै गएको जिकिर गरे ।

अहिले लाखौं युबाहरु बिदेश पलायन हुने क्रम बढेपछि कयौं जग्गाहरु बाँझो रहने क्रम बढिरहेको छ । मानिसहरूको कृषि पेशा तर्फको आत्मनिर्भरतामा बिस्तारै कमि आउन थालेको छ । मानिसहरु कृषि पेशातर्फ त्यति धेरै जागरुक नहुनुका थुप्रै कारणहरु रहेका छन । ठुला खालका बगैंचाहरु मासिदै गएको अवस्था र यस बिषयमा सरकारले सकेजति पनि ध्यान दिन नसक्दा रोग र किराको सहि ब्यबस्थापन समयमा गर्न नसक्नु जस्ता कारणहरु छन । सरकारले किसानहरुलाई मल बीउ बिजन कृषि औजार र सिचाइको उपलब्धता गराउन सकिरहेको छैन जसले गर्दा ब्याबसायिक किसानहरुलाई निकै ठुलो समस्याहरु परि रहेका छन । यी यस्ता धेरै कारणहरुले गर्दा पनि कृषि क्षेत्र बिकासमा केही पछाडि पर्न गएको हो कि जस्तो पनि देखिन्छ ।
कृषि क्षेत्रको बिकासको लागि सबै मिलेर युबाहरुलाइ बिदेश पलायन हुनबाट जोगाएर आफ्नै देशमा दस नङग्रा खियाएर पौरख गर्न सकिएमा मात्र देशको बिकास हुन सक्ने बृहत फलफुल खेती बिस्तार तथा कृषि पर्यटन प्रबर्द्धन सहयोग तालिम माडीका फिल्ड म्यानेजर पौडेलले तर्क गरे । पौडेलका अनुसार झण्डै ५० बिगाहा जमिनमा गर्न लागिएको बृहत फलफुल खेतीले समग्र माडी क्षेत्रको आर्थिक स्तरमा वृद्धि गर्न सकिने भएको कारण हाइटेक जातका ११० प्रकारका फलफुलहरु लगाउन लागिएको बताए ।
उनले लगाएको ६ महिनामा उक्त हाइटेक जातको फलफुलको बिरुवा फुल्न र फल दिन सुरु गर्ने हुँदा तेश्रो बर्षमा उत्पादनले दोब्बर फाइदा दिने बताए । बृहत फलफुल खेती गर्नको लागि उक्त जग्गा माडी नगरपालिकाको सहकार्यमा ४९ बर्ष सम्मको लागि माडी नगरपालिकालाई ल्याण्ड लिज भाडा तिर्ने गरी करारमा जग्गा उपलब्ध गराइ सहमतिमा बृहत फलफुल खेती गर्न लागिएको हो । एन.आर.एण्डले सुरुवाती चरण अफ्रिकी देशबाट कृषि क्षेत्रको बिकास र प्रबर्द्धनको लागि बृहत फलफुल खेतीको बिस्तार गर्दै नेपालमा बिक्रम सम्बत २०७२ साल बाट स्थान लिएको हो ।
साथै होटल तथा आबाशिय संरचनाको रुपमा नयाँ प्रबिधिको साथ लगभग १५ करोड भन्दा माथिको लगानीमा माडीमा पर्यटकिय रिसोर्टको शिलान्यास हुने भएको छ । उक्त पर्यटकिय रिसोर्टको शिलान्यास गर्न र यहि आगामी पौष २८ गते माडीको सिदुवामा लाग्ने खिचरा महोत्सवको उदघाट्न गर्न नेकपाका अध्यक्ष एबम पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माडी आउने भएका छन् । कृषि क्षेत्रमा समेत माडी अग्रस्थानमा रहेको हुँदा कृषिको लागि माडी प्रचुर सम्भावनाको खानीको रुपमा रहेको छ । माडी क्षेत्रमा यतिबेला पुल निर्माणको काम भइरहेको र बाटो घाटो र रिउ करिडोर निर्माणको काम तिब्र गतिमा सुचारु हुँदैछ । विभिन्न निर्माण कार्य एबम सम्रचनाहरुले पर्यटकहरुको मन लोभ्याउनुका साथै आकर्षक हेर्न लायक दृश्यहरु समेत माडी क्षेत्रमा रहेका छन ।
माडी कृषि क्षेत्रमा मात्र नभई धार्मिक एतिहासिक स्थलहरुमा समेत अग्रस्थानमा रहेको छ । पर्यटकिय प्रचुर सम्भावनाको रुपमा माडी क्षेत्रलाई लिने गरिन्छ । माडीको कृषि पर्यटन प्रबर्द्धन र बिकासको लागि माडीमा थुप्रै योजनाहरु निर्माण हुने प्रक्रियामा छन । कृषि क्षेत्रको रुपमा माडीनगरपालिका ८ कान्तिपुरमा सामुहिक चक्लाबन्दी खेती गरिएको छ । पर्यटकहरुका लागि विभिन्न आबासहरुको रुपमा माडी क्षेत्रमा होम स्टेहरु समेत संचालन गरिएको छ । केही पर्यटकिय पार्क एबम रिसोर्टहरु निर्माण प्रक्रियामा छन । माडी नगरपालिका ५ बघौडाहुँदै छरछरेसम्म मगोइ खोलाको किनारमा गर्न लागिएको बृहत फलफुल खेती एबम बन्न लागेको पर्यटकिय रिसोर्टले माडी क्षेत्रको बिकास र पर्यटकिय आवागमनमा वृद्धि हुनुका साथै पछिल्लो समय युबाहरु बिदेश पलायन हुने समस्या बढिरहेको हुँदा यसले उनिहरुमा नेपालमानै बसेर केहि गर्न सकिन्छ भन्ने भावनाको बिकास हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया