रत्ननगर । चितवनको राप्ती नगरपालिका वडा नं. १० का स्थानियहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोछ ।
Hartmud Darmstadt and People From Germany को आयोजना तथा ग्रिन सोसाईटी नेपालले संयोजन गरेको चौघरामा रहेको कोराक स्वास्थ्य चौकीमा पुगि १४० जना स्थानियहरूको मंगलवार निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।

स्थानियहरुको आँखा परिक्षण, अर्थियोपेडीक, हाडजोर्नी, स्त्री तथा प्रस्तुति रोग, घुडाको जोर्नी खिईएको उपचार गरिएको छ ।

भक्तपुर ईन्टरनेशनल हस्पिटल कौशलटारका हाडजोर्नी तथा नशा रोग बिशेषयज्ञ डा.रामकृष्ण श्रेष्ठ लगाएतको चिकित्सकको टोलिले स्वास्थ्य परिक्षण गरेकोग्रिन सोसाईटी नेपालका कोडिनेटर श्रीलाल परियारले जानकारी दिए ।

शिविरमा स्वास्थ्य परीक्षण गरिनुका साथै परामर्श तथा निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको उनले जानकारी दिए ।

स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दै जाने गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया