रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो
रत्ननगर । पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सब आउन ६ दिन मात्र बाँकी रहदा ८५ प्रतिशत काम सकिएको संघले जनाएको छ । यस पटकको महोत्सवमा मह उत्सव, रोजगार मेला र रामजानकी मन्दिरको झल्को दिने गेट र जलपरी मुख्य आर्कषणको रुपमा रहेको संघको अध्यक्ष शंकर...

रत्ननगर महोत्सवको १३औं संस्करणमा मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननगर महोत्सवको १३औं संस्करणमा   मह र रोजगार मेलालाई प्राथमिकता
रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी र्सिजनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते...

रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर २५,२६ र २७ गते तेस्रो मेयर कप तथा पाँचौ राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुनेभएको छ ।  रत्ननगर नगरपालिकाको संरक्षकत्वमा पूर्वी चितवन स्पोटर्स क्लवको आयोजनामा रत्ननगर वडा नं ३ बेल्सी स्थित पूर्वी चितवन कवर्डहलमा प्रतियोगिता हुने भएको हो। आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा जानका...

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई
रत्ननगर । चितवनको ऐतिहासिक किल्ला उपरदाङगढीमा टेकमाइण्ड नेटवर्कले निःशुल्क (फ्रि) वाइफाई सेवा उपलब्ध गराएको छ । गढी अबलोकनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी फ्रि वाइफाई सेवा उपलब्ध गराएको सो कम्पनीका पूर्वी चितवन प्रमुख यमन भूषालले बताए । विहीबार गढीमा आयोजित एक औपचारिक कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बमबहादुर थापामगरले (फ्रि) वाइफा...

बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप

बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप
रत्ननगर । नेकपा एमालेले बछौली माविको व्यवस्थापन समिति गठन प्रक्रियाका क्रममा प्रधानाध्यापकले पार्टी प्रतिनिधिलाई अभद्र व्यवहार गरेको आरोप लगाएको छ । नेकपा एमाले रत्ननगर वडा नं ६ वडा कमिटीले शनिबार एक विज्ञप्ती जारी गरी प्रधानाध्यापक शिवराम मरहठ्ठाले पार्टी प्रतिनिधि लोकराज भूषाललाई अभद्र व्यवहार गरेको भन्दै त्यसको भत्सना गरेको हो । विद्यालयले राखेको सर्वदलीय बैठकमा धारण राख्...

रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम

रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम
रत्ननगर । ‘सुन्दर, स्वच्छ र सफा नगर : हाम्रो रत्ननगर’ भन्ने मूल नाराका साथ पूर्वी चितवन स्पोट्र्स क्लब रत्ननगर–३ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । पूर्वी चितवन स्पोट्र्स क्लबका अध्यक्ष सुरज न्यौपानेको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रम क्लबका संरक्षक केवल न्यौपानेको संयोजक...

पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन ।

पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन ।
रत्ननगर, चितवन । रत्ननगर–३ मा रहेको पूर्वी चितवन कर्वडहलको सञ्चालक संस्था पूर्वी चितवन स्पोर्टस क्लबको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट सुरज न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट न्यौपाने २ वर्षको लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । सो अधिवेशबाट वरिष्ठ उपाध्यमा कपिल श्रेष्ठ, उपाध्यक्षमा लोसान तमाङ्, सचिवमा महेश पाण्...

रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा
रत्ननगर । रत्ननगर नगरपालिकालाई पूर्ण खोप नगर सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्य सचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले रत्ननगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका...

विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण

विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण
चितवन – विद्युत व्यवसायी संघ चितवनले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै, रत्ननतर–१५ माधवपुरमा रहेको निशुल्क दिपज्योती क्रियापुत्रि भवनलाई विद्युतीय सामग्री वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष बामदेब शर्मा घिमिरेले संस्थाको सुरुवातदेखि अहिलेसम्मको यात्रा बारेमा जानकारी दिदै सामुदायिक सेवामा योगदान पु¥याउने उद्देश्यले यस्ता क...

वन्यजन्तु सप्ताह ः बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर

वन्यजन्तु सप्ताह ः बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
रत्ननगर, बैशाख ४ । चितवनमा जारी ३०औँ वन्यजन्तु सप्ताहअन्तर्गत बिहीवार रत्ननगरको सौराहा स्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूवनेश्वर...