कयर खोला रोक्न बाधिएको भुतिया बाँध जुनकुनै बेला फुट्न सक्ने अवस्थामा (फिल्ड रिपोर्ट)

कयर खोला रोक्न बाधिएको भुतिया बाँध जुनकुनै बेला फुट्न सक्ने अवस्थामा (फिल्ड रिपोर्ट)
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर भएर बग्ने खोला हो कयर खोला । अन्य समयमा शान्त प्राय देखिने सो खोला वर्षातको समयमा भने सबैलाई तर्साउने गरि बग्ने गर्छ । यसकै पछिल्लो उदाहरण हो असार १७ गते आएको बाढी । जसले रत्ननगरको शान्ति चोक र सौराहालाई आफ्नो चपेटामा लियो । करिब ४—५ घण्टा निकै जोडका साथ बगेको सो खोलामा रहेको पानीको सतह यदि केहि घण्टा अझ रहेको भए रत्ननगर—१६ मा बाध...