
महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगर भएर बग्ने खोला हो कयर खोला । अन्य समयमा शान्त प्राय देखिने सो खोला वर्षातको समयमा भने सबैलाई तर्साउने गरि बग्ने गर्छ । यसकै पछिल्लो उदाहरण हो असार १७ गते आएको बाढी । जसले रत्ननगरको शान्ति चोक र सौराहालाई आफ्नो चपेटामा लियो ।
करिब ४—५ घण्टा निकै जोडका साथ बगेको सो खोलामा रहेको पानीको सतह यदि केहि घण्टा अझ रहेको भए रत्ननगर—१६ मा बाधिएको भुतिया बाध फुट्न सक्थ्यो । जसले रत्ननगरका वडा नं. १, २, ३, ५, ६, ७, १३, १६ लगाएतका ठाउँमा डुबान निम्ताउने निश्चित प्राय थियो । जसबाट लाखौंको जनधनको क्षति हुने स्थिति पैदा हुन सक्थ्यो ।
सो क्षेत्रको अवलोकनका लागि शुक्रबार रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठ सहितको उवासंघका पदाधिकारी, रत्ननगर वडा नं. १६ अध्यक्ष हेमराज थापा तथा नेपालीको आवाज डटकम सहितको टोली सो स्थानमा पुगि अवलोकन गरेको छ ।
अवलोकनको क्रममा वडा नं. १६ का अध्यक्ष हेमराज थापाले असार १७ गते आएको बाढी आधा घण्टा मात्रै बढी समए रहेको भए भुतिया बाँध फुट्ने स्थिति पैदा भइसेकेको तर रत्ननगर भाग्यले बचेको जिकिर गरे ।
उनले यो वर्ष पानी धेरै पर्ने कुरा आएकाले अब त्यस्तै बाढी आएमा बाधिएको ग्याबिन जाली सहितको ढुङ्गा पहिलेनै खोलमा खसिसकेकाले अब भने बालुवाको भरमा रहेको ढिस्को भत्कने पक्का जस्तै भएको बताए ।
अहिले बाध बाधिएको ठाउँको ५ ठाउँ भन्दा बढी भागमा बाध भत्किएकाले त्यसको लागि वडाको वजेटले मात्रै धान्न नसक्ने भएकाले सबै जना भएर सम्बन्धित निकाएमा गएर कामको लागि आग्रह गर्नु पर्ने बताए ।
रत्ननगर उवासंघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले वि.सं २०२७ र २०५९ सालमा आएका बाढीले रत्ननगरको सौराहा चोक, टाँडी चोक, बकुलहर, सौराहा क्षेत्र लगाएतका क्षेत्र डुबानमा परेको स्मरण गराउदै सोही स्थिति फेरी आउन नदिन आफुहरुले पनि पहल गर्ने बताए ।
सो बाध अवलोकनका लागि रत्ननगर उवासंघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी, उपाध्यक्ष पुरु खनाल, कोषाध्यक्ष उपेन्द्र आचार्य, पूर्व अध्यक्षद्धय गोपाल कर्मचार्य, राजेन्द्र कुमार श्रेष्ठ, पत्रकारद्धय बिपिन शर्मा आचार्य तथा ध्रुवराज लामिछाने लगाएतको टोलि सो स्थानमा पुगेको थियो ।