महेश पाण्डे, २८ बैशाख
नेपाल अण्डा उत्पादक संघको १३ औं केन्द्रिय साधारण सभा सोमबार होटल स्टार वेन्क्युट, रत्ननगरमा सम्पन्न भएको छ । देश भरिका अण्डा उत्पादक ब्यवसायीको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा पशु सेवा विभागका क्षेत्रीय निर्देशक महेश राज विष्ट रहनु भएको थियो । उहांले कार्यक्रममा बोल्दै मन्त्रालयले २० बर्षे रणनीति ल्याइसकेकोले मन्त्रालयले ३ बर्षभित्र पहिलो बर्ष अण्डामा आत्मनिर्भर बन्ने, दोस्रो बर्षमा मासुमा र तेस्रो बर्षमा दुधमा आत्मनिर्भर बन्ने प्रतिबद्धता जनाएको बताए ।
उनले उक्त कार्यनीति अनरुप व्यवसायी र सरकारबीच पव्लीक प्राइभेट पार्टनरसीप( पी.पी.पी.) अबधारणा अन्तर्गत अगाडी बढिने बिश्वास पनि व्यक्त गरे । देश अझै मासुमा परनिर्भर रहेको उल्लेख गर्दै अहिले पनि बार्षिक ८० हजार रांगा भैंसी र ४ लाख वटा खसीबोका आयात भएको तथ्यांक अगाडी सारे ।
नेपाल अण्डा उत्पादक संघको १३ औं बार्षिक साधारण सभालाइ सम्बोधन गर्दै एउटा व्यक्ति स्वस्थ रहनको लागि बर्षमा न्यनतम ४८ अण्डा उपभोग गर्नुपर्ने औल्याउदै हाल अहिले प्रति व्यक्ति २४ वटा अण्डा उपभोग भइरहेको उनले बताए । कार्यक्रममा किसानका तर्फबाट बोल्ने बिभिन्न क्षेत्रका प्रतिनिधीले आफ्नो समस्याहरु प्रस्तुत गर्दै सरकारले देशको आर्थीक मेरुदण्डकोरुममा पोल्ट्री क्षेत्रलाई मानेता पनि महा भुकम्प र नाकाबन्दिले थला परेको अवस्थामा पनि कुनै वास्था नगरेको, दाना तथा चल्लाको मुल्य उच्च भएको तर उत्पादीत अण्डाले भने उचित मुल्य नपाएको गुनासो गरेका थिए । कार्यक्रममा ह्याचरी ब्यवसायी महासंघका तर्फबाट टिकाराम पोख्रेल, कुखुरा ब्यवसायी मञ्चका तर्फबाट शंखर प्रसाद कंडेलले आफ्नो धारण ब्यक्त गरेका थिए । उक्त कार्यक्रमा संस्थाका महासचिव त्रिलोचन कंडेलले प्रगती विवरण प्रस्तुत गरेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष शिवराम के.सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।