महेश पाण्डे,
२८ जेष्ठ, चितवन
अर्पण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा रत्ननगर १४ मा रहेको जन जागृती उच्च मा.विमा सहकारी संबन्धी अभिमुखिकरण कार्यक्रमम सम्पन्न भएको छ । अर्पण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो कार्यक्षेत्र रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका तथा कालिका नगरपालिकाका सम्पुर्ण वडाहरुमा बनाए संगै सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम गरेको उक्त कार्यक्रमका संयोजक किशोर चालिसेले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी जन जागृती उच्च मा.विका प्राचार्य बिनोद प्रसाद अधिकारी, बिशिष्ट अतिथी जागृती उच्च मा.विका प्लस टु संयोजक रामहरी भण्डारी, अतिथी अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को सचिव हेमा अधिकारी लगाएतका रहेका थिए । कार्यक्रममा बोल्ने अधिकांश अतिथीले सहकारी हरेकको आवश्यकता भएकोले अर्पण बचतले आयोजना गरेको उक्त कार्यक्रमको प्रशंसा गरेका थिए । सो कार्यक्रममा संस्थाका सेयर सदस्य तथा शिक्ष्ाँ उप समितीका सदस्य शुरेस चन्द्र आचार्य तथा चक्रपाणी तिमल्सीनाले कार्यक्रम अवधिभर सहकारीको अवधारणा सम्बन्धी कुराहरु सम्पुर्ण बिद्यार्थीलाई जानकारी गराएका थीए । साथै उक्त कार्यक्रममा संस्थाका कार्य समिती सदस्य तथा ऋण समिती संयोजक शुरज पौडेलले संस्थाको परिचय प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष एमन भुषालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।