महेश पाण्डे
२९ जेष्ठ, चितवन
रत्ननगर ८ बैरीयामा रहेको श्री बैरिया मा.वि बैरियामा शनिवार १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भरतपुर १०, चौविसकोठीमा रहेको नवल पोलिक्लिनीक प्रा.ली तथा श्री बैरीया मा. वि को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शिवीरमा पेट, छाती, मुटु, सुगर, थाईराईड, हाडजोर्नी तथा नशारोग, स्त्री तथा प्रसुती रोग साथै बालबालीका लगाएतका बिरामीको स्वास्थ्य परिक्षण गरीएको थियो । नवल पोलिक्लिनीक प्रा.लीमा कार्यरत हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. हेमन्त कुमार गुप्ता, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. सुदिप कौडेल, लाप्रोस्कोपी तथा सर्जन डा. प्रकाश दहाल, फिजिशियन तथा मधुमेह रोग बिशेषज्ञ डा. प्रेरणा बन्सल, बाल रोग तथा क्यान्सर रोग बिशेषज्ञ डा. नेवा तिवारी, फिजिशियन डा. सुन्दर श्रेष्ठले करिव ४०० जनाको स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षण पश्चात बिरामीहरुलाई निशुल्क औषधी बितरण पनि गरिएको थियो । श्री बैरिया मा. वीको प्राङ्गणमा औपचारीक कार्यक्रम लगत्तै उक्त स्वास्थ्य परिक्षण शिविर शुरु भएको थियो । औपचारीक कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा वडा नागरिक मञ्च रत्ननगरका अध्यक्ष शिवकान्त पौडेल, टोल समन्वय समितीका रत्ननगर ८ का संयोजक ज्ञानेन्द्र राज पाण्डे, बिद्यालय ब्यवस्थापन समितीका सदस्य ईन्द्र प्रसाद ढकाल, बिद्यालयका अभिभावक संघका अध्यक्ष बिष्णु सुवेदी, पत्रकार महेश पाण्डे, नवल पोलिक्लिनीकका अध्यक्ष कमल प्रसाद पौडेल, प्रवन्ध निर्देशक बिक्रम थापा, ब्यवस्थापक योगेन्द्र हमाल लगाएतका रहेका थिए । बिद्यालयका प्रधानाध्यापक यवराज पौडेलले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गोबिन्द सुवेदीको अध्यक्षमा सम्पन्न भएको थियो
IMG_0864
IMG_0848
IMG_0864

तपाईको प्रतिक्रिया