चक्रपाणि तिमल्सिना
रत्ननगर, चितवन
चितवनको रत्ननगर ०८ स्थित उपभोक्ता समितिले आयोजना गरेको बालबालिका लक्षित कार्यक्रम अन्र्तगत बालबालिकाको क्षमता अभिवृद्धि तथा बालमैत्री अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ । रत्ननगर स्थित क्वेष्ट मोडल कलेजमा संचालन भएको कार्यक्रममा रत्ननगर वडा नं ८ अन्र्तगतका विभिन्न टोल विकास संस्थाका तर्फबाट ४४ जना बालबालिककोे सहभागीता रहेको थियो । कार्यक्रम आषढ ३ र ४ गते दुई दिनसम्म चल्ने छ ।

क्वेष्ट मोडल कलेजका क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक जगदिशचन्द्र शर्माले नैतिक शिक्षा, समाजिक मूल्य मान्यताका, संचारकर्मी महेश पाण्डेले उद्धघोषण तथा बोल्ने कला, समृद्धि कन्सिल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका प्रबन्ध निर्देशक चक्रपाणि तिमल्सिनाले बालमैत्री बातावरण र व्यक्तित्व विकासका सम्बन्धमा प्रशिक्षण दिएका थिए । आषाढ ४ गते को कार्यक्रम बैरिया मा.विका प्रधानाध्यपक यवराज पौडेलले बाल अधिकार र क्वेष्ट मोडल कलेजका क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक जगदिशचन्द्र शर्माले बाल नेतृत्वकलाका बिषयमा उत्प्रेरणात्मक प्रस्तुती गर्ने रहेको छ ।

IMG_20160617_110742

कार्यक्रम रत्ननगर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको हो । यसको व्यवस्थापन भने रत्ननगर नगरपालिका वार्ड नं ८ कार्यालयले गरेको हो । सो कार्यक्रम आर्थिक बर्ष २०७२÷७३को महिला लक्षित कार्यक्रम अन्र्तगत संचालनमा आएको हो ।कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालिका वडा नं ८ कार्यालयका सचिव खगनाथ पराजुली रहेका थिय । त्यस्तै कार्यक्रममा उपस्थित अन्य अतिथीहरु उपभोक्ता समितिका उपाध्यक्ष बिष्णु सुवेदी, बैरिया मा.विका प्रधानाध्यापक यवराज पौडेल, कल्याण टोल विकास संस्थाका अध्यक्ष, चन्द्रकान्त ओझा, टोल विकास संस्था रत्ननगर नगरपालिका वडा नं ८ समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रराज पाण्डे, वडा नागरिक मञ्चका सदस्य ,पार्वती पौडेल, नेकपा माओवादी केन्द्रका इन्द्र प्रसाद ढकाल, नेकपा एमालेका कमल बहादुर घिमिरे, नेपाली कांग्रेस रत्ननगर ०८ का कलाधार पौडेलले कार्यक्रमको सफलताको कामना गर्दै मन्तव्य राखेका थिय ।
प्रमुख अतिथी खगनाथ पराजुलीले बालबालिकको क्षमता विकास गर्न नगरपालिकाले सहयोग गरेको हुनाले अपेक्षा गरेअनुसारको उपलब्धि हाँसिल हुनेमा बिष्वास व्यक्त गरेका थिए । साथै उनले वडा नं ८ मा विभिन्न महिला तथा बालबालिका लक्षित कार्यक्रम संचालन गर्न पुर्यायको सहयोग प्रति उपभोक्ता समितिलाई धन्यवाद दिदै बालबालिकालाई धेरै कुरामा बन्देज लगाउन नहुने वताउदै बुझेका कुरा अरुलाई पनि सिकाउनुपर्ने बताए  । कार्यक्रममा उपभोक्ता समितिका तर्फबाट निर्माला आचार्य, सम्झना घिमिरे,बिष्णु सुवेदी, सुजन बराल, रत्ननगर नगरपालिका तर्फबाट मञ्जु शर्माको समेत उपस्थििती रहेको थियो । रत्ननगर नगरपालिका वडा नं ८ बाल क्लवका अध्यक्ष युनिका ढकालले स्वागत मन्तव्य राखेको उक्त  कार्यक्रमको संचालन उपभोक्ता समितिका सचिव शोभा ओली शर्माले गरेकी थिईन् भने पहिलो दिनको कार्यक्रम कार्यक्रम संयोजक जगदिशचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया