13423731_1366996233323656_236216603788361412_n
३ असार, रत्ननगर, चितवन
चितवनको कालिका नगरपालिकामा रहेको पृथ्वी उच्च माध्यामिक बिद्यालयमा आषाढ ३ गते सहकारी अभिमुखिकरण कार्यक्रम २०७३ सम्पन्न भएको छ । अर्पण वचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्वका क्षेत्रमा बिद्यार्थीलाई लक्षित गरि गरेको कार्यक्रमले विद्यार्थी जीवनलाई सफल बनाउने बिषयमा समेत अभिमुखिकरण गरेको छ । कालिका नगरपालिका स्थित पृथ्वी उच्च मा.वि.भटेनीमा सम्पन्न कार्यक्रममा पृथ्वी उच्च मा.वि.का सहायक प्राचार्य प्रकाशचन्द्र अर्यालको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष वेद प्रसाद आचार्य को अध्यक्षतामा भएको हो ।
13445567_1366996403323639_1244821222115032052_n
संस्थाले कक्षा ९ र १० मा अध्ययनरत ६१ जना छात्र छात्रा सहित शिक्षक,शिक्षिका तथा स्थानीय अभिभावकको उपस्थितिमा सहकारी र सफल विद्यार्थी जीवनका बारेमा अभिमुखिकरण संस्थाका शिक्षा उपसमितिका संयोजक किशोर चालिसे, सदस्य सुरेषचन्द्र आचार्य तथा कोषाध्यक्ष मेघनाथ पौडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम प्रत्येक शुक्रबार रत्ननगर नगरपालिका, खैरहनि नगरपालिका तथा कालिका नगरपालिकाका विभिन्न विद्यालयमा संचालन गरिदै जाने संयोजक किशोर चालिसेले बताउनुभयो । कार्यक्रम रेडियो अर्पण १०४.५ मेगाहर्ज ,अभियान टेलिभिजन तथा सम्वृद्धि कन्सल्टिड. एण्ड ट्रेनिङ सेन्टर रत्ननगरले प्राविधिक सहयोग रहेको छ ।
13407238_1366996539990292_3090090639082029085_n
13423956_1366996803323599_8163165919127886009_n

तपाईको प्रतिक्रिया