13692505_1372570409424786_1396932766800137745_n
आज अर्थात असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०३ औ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उहांको सम्झनामा विभिन्न संघसंस्था तथा साहित्यकारहरुले कार्यक्रमक गरेका छन् । नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो । यसैबिच भानुजयन्तिको अबसरमा आज समाजको प्रष्ट तस्बिर अभियान टेलिभिजन र रेडियो अर्पणको संयुक्त आयोजना तथा लायन्स क्लब अफ चितवन राईनो सिटी, लायन्स क्लब अफ मिड नेपाल रत्ननगर , लायन्स क्लब अफ रत्ननगर पिसको सहआयोजनामा सम्झनामा भानुभक्त कार्यक्रम सम्पन भएको छ ।
13659137_1372570489424778_4223380311024871219_n
विगतका बर्षहरुदेखिनै साहित्यको जर्गेना गर्दै आएको अभियान टिभि र रेडियो अर्पणले यस वर्ष पनि आदि कवि भानुभक्त आचार्यको सम्झना गर्दै सम्झनामा भानुभक्त भनि आजको दिनलाई भानु प्रति समर्पित गर्दै कविता तथा रचना वाचनको कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार एव्म विश्लेसक डि आर पोख्रेलले साहित्यको क्षेत्रलाई राज्यले पनि प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने बताउनुभएको थियो । साथै साहित्यकारहरुले पनि साहित्यको जुनसुकै विधालाई पनि अझ शसक्त रुपमा लेखन कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य साहित्यकारहरुले साहित्यलाई सरकारले अन्य विधालाई जस्तै सम्मान गर्नुपर्ने बताएका थिए । कार्यक्रममा साहित्यकार रवि किरण रेग्मि , श्याम जि अतिथि , ईन्द्र रेग्मि , कृष्ण सुदामा , डि. डि शर्मा , कमल कडेल , सुरेन्द्र असफल , रेमस प्रभात , तिलक राज पौडेल , अर्जुन असफल , वरिष्ठ गितकार त.था संगितकार विशाल ढकाल , सिम टिभि चितवनका पंबन्ध निर्देशक दिपक अधिकारी लगायतले भानुभक्तको सम्झना गर्दै रचना बाचन गरेका थिए । रेडियो अर्पण १०४.५ मेगाहर्जका सचिव तथा अभियान टेलिभिजनका निर्देशक शुरज पौडेलले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम रेडियो अर्पण १०४.५ मेगाहर्जका सल्लाहाकार तथा अभियान टेलिभिजनका निर्देशक बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
13669622_1372570169424810_6748690525374843526_n

13654374_1372570672758093_7488282241607797611_n

तपाईको प्रतिक्रिया