महेश पाण्डे
११ श्रावण, चितवन
नारायणी नदीमा बाढीले खतराको संकेत समेत नाघेपछि अहिले विभिन्न स्थानमा डुवान र कटान शुरु गरेको छ । सो ठाउँका स्थानियलाई अहिले सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । नारायणगढसँगै जोडिएको गैंडाकोटमा रहेको सुकुम्वासीका एक दर्जन घरमा बाढी पसेर डुवान भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । नारायणीको बहाव अहिलेसम्मकै सबैभन्दा बढी १०.३ मिटर पुगेको छ । ८ दशमलव ४ मिटर सतह खतराको संकेत हो ।
यस्तै नारायणी नदीले नारायणी नगरपालिका वडा नम्वर १ गोलाघाटमा कटान शुरु गरेको छ । पश्चिम चितवनको झनझने, शरणपुर लगायत क्षेत्र डुवानमा रहेको चितवनका प्रहरी उपरिक्षक बसन्त कुँवरले जानकारी दिनुभयो । साथै प्रहरी उपरिक्षक कुंवरको नेतृत्वमा प्रहरीहरु नारायणी पुलमा शुरक्षाका लागि खटिरहेको हामी त्यहा पुग्दा पनि देख्न सकिन्थ्यो ।
अहिलेसम्म लगाएको ड्यामको १५ मिटर क्षेत्रमा कटान गरेकाले बस्तीमा नदी पस्ने सम्भावना बढेपछि अस्थायी ड्याम निर्माण शुरु गरिएको छ ।
1
2
3
4
5
6
7
8
9

तपाईको प्रतिक्रिया