महेश पाण्डे
चितवन
चितवन लगाएत देशका बिभिन्न ठांउमा भाईरल ज्वरोको प्रकोप बढेको छ । भाइरल फिबर एक गम्भीर सङ्क्रमण हो । मानिसमा देखिने अधिकांश भाइरल फिबर ‘सिजनल फ्लु’ अथवा ‘इन्प्लुफन्जा फ्लु’ हो । भाइरल फिबरको सङ्क्रमण सबैभन्दा बढी र छिटो बच्चाहरुमा हुन्छ । जसको मुख्य कारण बच्चाहरुमा हुने कम रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) हो । भाइरल फिबर मौसम परिवर्तनको समयमा बढी देखिन्छ । मौसम परिवर्तनको समयमा मानिसको रोग प्रतिरोधात्मक प्रतिक्रिया (इम्युन रेस्पोन्स) मा कमी आउने गर्दछ । बच्चाहरुमा भाइरल फिबरको सङ्क्रमण करीब सातदेखि दश दिनसम्म रहन सक्छ । जब रोग प्रतिरोधात्मक क्षमताको पर्याप्त विकास हुन्छ, भाइरल सङ्क्रमण अाफै कम हुँदै जान्छ । दुई वर्षभन्दा कम उमेरका बच्चाहरुमा भाइरल फिबरको सङ्क्रमण भएमा अन्य खतराहरु समेत बढ्ने प्रबल सम्भावना हुन्छ । भाइरल फिबर धेरै भाइरसहरुको सङ्क्रमणबाट हुन्छ । उपचार नगराएको खण्डमा बच्चाहरुमा हुने इन्फ्लुलुन्जा फ्लु’ ले निमोनियासम्म गराउन सक्छ । प्रस्तुत छ यस बिसयमा जनरल फिजिसियन डा. सन्तोष शर्मा भुषालसंग गरिएको कुराकानी ।
भाइरल फिबरबाट कसरी जोगिने ?
– यदि तपाईंको बच्चा छ महिनादेखि २ वर्षभित्रको छ भने ‘फ्लु’ विरुद्धको खोप दिइनुपर्छ । यसका लागि डाक्टरसँग आवश्यक सल्लाह लिन जरुरी हुन्छ ।
– खोपको माध्यमबाट जीवनभर ‘भाइरल फिबर’ बाट जोगिन भने सकिँदैन किनभने खोप पनि निश्चित २ वा ३ फरक भाइरसको विरुद्ध मात्र तयार पारिएको हुन्छ ।
– सङ्क्रमित व्यक्तिहरुबाट टाढा रहने ।
– हाच्छ्युँ गर्दा, खोक्दा रुमालले मुख छोप्ने ।
– पखाला अथवा वान्ता भएको छ भने व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
– हात राम्ररी साबुन–पानीले पखाल्ने ।
– ‘भाइरल फ्लु मौसम परिवर्तनको समयमा बढी देखिने हुनाले यो समयमा सचेत रहने । ‘भाइरल फ्लु भएका बच्चाहरुलाई कसरी सहयोग गर्ने ?
– प्रशस्त झोलिलो पदार्थ खुवाउने ।
– आमाको दूध प्रशस्त खुवाउने ।
– पखाला लागेमा जीवनजल खुवाउने ।
– दालको सुप, सागसब्जी तथा फ्लु खुवाउने ।
– घरैमा आराम गराउने ।
– बच्चाको स्याहार गर्ने व्यक्तिले राम्ररी साबुन–पानीले हात पखाल्ने जसको कारण परिवारका अन्य सदस्य सङ्क्रमणबाट जोगिन सक्छ ।
– घरका भ्याल–ढोका र भेन्टिलेसन खुल्ला राख्ने जसको कारण पर्याप्त हावाको आवागमन सहज बनोस् ।
– चाँडोभन्दा चाँडो बच्चालाई अस्पताल लैजाने । खतराका लक्षणहरु के–के हुन् ?
– दुई हप्ताभन्दा बढी खोकी लागेमा ।
– दुई हप्ताभन्दा बढी पखाला लागेमा दिसामा रगत देखिएमा ।
– एक हप्ता वा सोभन्दा बढी ज्वरो आइरहेमा ।
– लगातार वान्ता गरेमा ।
– सास फेर्न गाह्रो भएमा ।
– असाधारण निन्द्रा लागेमा ।
– खुट्टाहरु सुन्निएमा ।