
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिका कार्यालय वडा नं.१६ को संयूक्त आयोजना र उद्योग तथा वाणिज्य कार्यालय, चितवन र करदाता सेवा कार्यालय खैरहनीको सहयोगमा उद्योगी व्यवसायीहरुका लागि कर सम्वन्धी प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम गरिएको गरिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र रत्ननगर नगरपालिका कार्यालय वडा नं.१६ का वडा अध्यक्ष हेमराज थापाको अध्यक्षतामा र रत्ननगर नगरपालिका उपप्रमुख यादव प्रसाद पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अबसरमा संघका अध्यक्ष शंकर गिरीले उद्योगी व्यवसायीहरुलाई प्रवद्र्धन गर्न, कर समस्याहरुका बारेमा जानकारी दिन, उद्योग व्यवसाय दर्ता गर्न सहजीकरण गर्ने संस्थाहरु संग अन्तत्र्रिmया गरि समस्याहरु समाधान गरि व्यवसाय संचालन गर्न सहयोग पुग्ने बताए । रत्ननगर नगरपालिका कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन र आन्तरिक राजश्व कार्यालयका सेवा सुविधाहरु, मूल्य अभिवृद्धि कर, अन्त शुल्क सम्वन्धी छुट तथा सुविधाहरुका बारेमा जानकारी दिने उद्देश्यले वडा नं.१६ का उद्योगी व्यवसायीहरुसंग वडा कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख अतिथि उप प्रमुख पाठकले कर प्रणालीमा समस्या भएको, एकद्धार प्रणाली नहँुदा व्यवसायीहरुलाई विभिन्न निकायमा जानुपर्ने झन्झट हटाउनु पर्ने र कुनै पनि समस्या आईपरेमा नगरपालिका कुनैपनि समयमा सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय, चितवनका प्रमुख कर अधिकृत विनोद पौडेलले उद्योग व्यवसायीहरुका समस्या, उद्योग दर्ता गर्दा आवश्यक कागजपत्रहरु, उद्योग व्यवसाय दर्ता प्रक्रिया तथा करदता सेवा कार्यालय खैरहनीका प्रमुख विश्वास श्रेष्ठले आन्तरिक राजश्व कार्यालयबाट मूल्य अभिवृद्धि, अन्त शुल्क, व्यवसाय दर्ता भएका उद्योगी व्यवसायीहरुले कर तिर्न बांकी भएमा यहि फागुन महिना भित्र छुट सुविधाको व्यवस्था भएको र व्यवसाय दर्ता प्रक्रिया र समस्याहरुको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं.१६ का वडा सदस्य र कर्मचारी, रत्ननगर उद्योग वाणिज्य संघ कार्यसमिति र रत्ननगर नगरपालिका वडा नं.१६ का उद्योगी व्यसायीहरुको साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । रत्ननगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र शर्मा आचार्यले संचालन गरेको कार्यक्रममा रत्ननगर नगरपालिका कार्यालय वडा नं.१६ का वडा अध्यक्ष हेमराज थापा धन्यवाद मन्तव्य राख्दै उनले उद्योग व्यसायीहरुलाई परेको समस्या समाधानका लागि दुई संस्थाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताए ।