साैराहा । आज प्रणय दिवस अथार्थ भ्यालेनटाइन डे । प्रणय दिवसकाे अवसरमा आयाेजित साैराहामा १९औं संस्करणकाे साैराहा फुड फेस्टिवल जारी रहेकाे छ । फेस्टिवलकाे आज मुख्य दिन हाे । फेस्टिवलमा आज चर्चित गायक प्रमाेद खरेल, अर्जुन सापकाेटा र शान्तिश्री परियारकाे प्रस्तुति रहने रेवानका महासचिव नवीन नेपालले जानकारी दिए । युवा माझ लाेकप्रिय प्रमाेद खरेलकाे परम्परा व्याडकाे जाेडदार प्रस्तुति रहने उनले जानकारी दिए । फेस्टिवल अन्तर्गत रेवान कप महिला फुटबल प्रतियाेगिता र व्याडमिन्टन प्रतियाेगिता जारी रहेकाे छ । साथै रत्ननगर कला मन्दिरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने छन् भने स्थानीय कलाकारको लोकदोहोरी चल्ने छ। प्रणय दिवसको अवसरमा सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा (रेवान)को आयोजनामा १९औँ संस्करणको सौराहा फुड फेष्टिबल गरिएको हो ।

प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ । चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बसपार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा फेस्टिवल भइरहेको छ ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृतिरभेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेस्टिबलका संयोजक शम्भूप्रसाद मालीले जानकारी दिए । ९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबल अबधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोड रुपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबल फागुन ३ गते सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया