महेश पाण्डे
१५ श्रावण, चितवन
नेपालीको आवाज अनलाई मनोरञ्जन डेस्क
सबै नेपालीले भाद्र १७ गते ब्रासलेट पाउने भएका छन् । नझुक्कीनुस यो कुनै सुनको ब्रासलेट नभई केशव भट्टराईद्धारा निर्मीत तथा निर्मल शर्मा (गैंडा) मार्फत निर्देशित फिल्म ब्रास्लेट रहेको छ । आफ्नो मान्छे, ठुल्दाई लगाएत थुप्रै सफल चलचित्र बनाईसकेका निर्माता तथा कलाकार केशव भट्टराईले हिन्दु नेपाली नारीहरुको महान चाड हरितालीकाको अवसर पारेर चलचित्र ब्रासलेट प्रदर्शनमा आउने जानकारी श्रावण १४ गते शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा गराए ।
त्यस्तै फिल्मका निर्देशक एंव कलाकार निर्मल शर्मा (गैंडा) ले नेपालीको आवाज अनलाईन संग कुराकानी गर्दै फिल्म पुर्ण पारिवारीक भएकाले र फिल्म हेर्न हल भित्र आएका दर्शकको पैशा असुल फिल्म ब्रासलेट रहेको भन्दै परिवारका सबै सदस्यले मिलेर संगै फिल्म हेर्न मिल्ने बताए । फिल्ममा नाएकको रुपमा धेरै पछि कमब्याक गरेका कलाकार रमेश उप्रेती देखीएका छन् ।
किन चलन चल्तिका नाएक नराखेर रमेश उप्रेतीलाईनै लिनु भयो भन्ने हाम्रो प्रश्नमा निर्देशक शर्माले “बजारमा धेरै प्रकारका घ्युहरु पाईन्छ तर मासको दालमा भात खादा पुरानो घ्युनै हालेर खादा मिठो हुन्छ” भन्ने उदाहरण दिदै रमेश सबै प्रकारले फिल्मका लागि उत्तम भएको बताए ।
फिल्ममा अन्य कलाकारको रुपमा रजनि के.सी., निर शाह, नम्रता सापकोटा, ऋतीक शाही, सुगम गुरागाई लगाएतका रहेका छन् । फिल्ममा पशुपति शर्मा र टिका पुनको आवाजमा रहेको “लेकै जाने लेकाली, डांफे, मायालुले बोलाईन मं नाचे” बोलको गित निकै चर्चीत रहेको छ । फिल्म ब्रास्लेटले कत्तीको सफलता पाउला त्यसको लागि भाद्र १७ सम्म कुर्नै पर्ने हुन्छ । तर फिल्मलाई नेपालीको आवाज अनलाईनको तर्फबाट सफलताको अग्रिम हार्दीक मंगलमय शुभकामना ।