महेश पाण्डे
७ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
“नयां युगको नयां सोचाई, स्वदेशी शिक्षा हाम्रो रोजाई“ भन्ने नाराका साथ यहि भाद्र १५, १६ र १७ गते भरतपुर–१० मा रहेको होटल रोयल सेन्चुरीको प्राङ्गणमा नेपाल पोलीटेक्नीक ईन्स्टस्च्युटको मुख्य प्रायोजनमा तेस्रो चितवन शैक्षिक मेला हुने सोमबार नारायणगढमा रहेको उक्त कार्यक्रमको अफिसियल होटल, होटल मनास्लुमा पत्रकार सम्मेलन गरि मेला आयोजकले जानकारी गराएकोे छ ।

चितवन ग्रिन लायन्स क्लब तथा चितवन ग्रिन लियो क्लबको संयुक्त आयोजनमा हुन लागेको उक्त कार्यक्रममा ३४ वटा स्टल रहनुका साथै करिब १२ लाख ५० हजार खर्च तथा करिब १५ लाखको कारोबार हुने र करिब २ लाख रकम बचत गरि बिभिन्न सामाजीक कार्यमा लगाउने कार्यक्रमका संयोजक लायन दिपक चन्द्र भट्टराईले जानकारी दिए ।

कार्यक्रम मा अतिथीका रुपमा मुख्य प्रायोजकको रुपमा रहेको नेपाल पोलीटेक्नीक ईन्स्टस्च्युटका प्रबन्ध निर्देशक ई. बाबुराम उपाध्याय, मुख्य सह–प्रायोजकको रुपमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरीङ एण्ड म्यानेजमेन्ट का प्राचार्य ई. हरि भण्डारी लगायतले यस मेलाको महत्व माथी प्रकाश पारेका थिए ।

मेलाका बिशेषताका रुपमा स्वेदेशी शैक्षिक संस्थाहरुको सहभागीता, बिज्ञान तथा प्रविधी प्रर्दशनी, करियर काउन्सेलिड्ड तथा सेमीनार, मोटिभेटर गेष्ट स्पिकर, मनोररञ्जनात्मक कार्य, फुड फेस्टिभल लगाएतका रहेका छन् । कार्यक्रमको ब्राण्ड एम्बास्डरको रुपमा नेपालका चर्चीत पत्रकार ऋषी धमला रहनेछन् भने कार्यक्रम चितवन ग्रिन लायन्स क्लबका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।















