महेश पाण्डे,
१४ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

निर्मल शर्मा (गैंडा) को निर्देशन तथा केशव भट्टराईको निर्माणमा पुर्ण रुपमा पारीवारीक धारमा बनेको चलचीत्र ब्रासलेट भाद्र १७ गते शुक्रबार देखी देशभरका ५५ भन्दा बढि हलमा प्रर्दशन हुने आईतवार दोस्रो पटक पत्रकार सम्मेलन गरि निर्माण युनिटले जानकारी दिएको छ । कार्यक्रममा निर्देशक निर्मल शर्मा (गैंडा), निर्माता केशव भट्टराई, नायीका रजनी के.सी, नव नायक सुगम गुरागाईको उपस्थिती रहेको थियो ।
IMG_20160828_113337
फिल्ममा मुख्य नायकको रुपमा रहेका रमेश उप्रेती र उनको श्रीमतीको भुमिकामा देखीएकी नायीका रजनी के.सी घुम्ने शिलशिलामा पोखरा जान्छन र त्यहा भयानक दुर्घटना हुन्छ यहि बाट फिल्ममा ब्रासलेट भनेको के हो र यसको के महत्व छ भन्ने खुल्ने नायीका रजनी के.सीले जानकारी दिईन । नव नायक सुगम गुरागाईले आफ्नो यो फिल्म पहिलो भएतापनि आफु म्युजिक भिडीयोमा पहिलानै धेरै खेलीसकेकोले यस बाट आफुले निकै ठुलो आशा राखेको बताए । त्यस्तै निर्देशक शर्माले यो फिल्म पुर्ण रुपमा पैसा असुल फिल्म भएकोले सम्पृुर्ण दर्शकलाई भाद्र १७ गते मात्र फिल्म हेर्न आउन आग्रह गर्दै त्यसपछि दर्शक आफैले दर्शक लैजाने बिश्वास लिए ।
IMG_20160828_113334
निर्माता तथा कलाकार केशव भट्टराईले आफ्नो पहिलो फिल्म आफ्नो मान्छे चितवनका चर्चीत निर्देशक स्व. शिव रेग्मी ज्युले बनाउनु भएको र त्यो निकै सफल भएको र चितवनसंग आफ्नो भावनात्मक नाता भएकोले फिल्म हेर्न आउन दर्शकलाई आग्रह गरे । पत्रकार सम्मेलन लगत्तै फिल्म युनिटले चितवनको आभाष टेलिभिजन बाट प्रशारण हुने चर्चीत हास्य टेलिश्रृङ्खला लप्पन छप्पनमा फिल्म ब्रासलेटको प्रमोशन समेत गरेको थियो । फिल्मफिल्मलाई नेपालीको आवाज अनलाईनको तर्फबाट हार्दीक मंगलमय शुभकामना ।
IMG_20160828_120048
IMG_20160828_113346
IMG_20160828_134029

तपाईको प्रतिक्रिया