१६ भाद्र, रत्ननगर , चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर । लायन्स क्लव अफ रत्ननगर बेल्सीले आफनो प्रथम बार्षिकोत्सव गामवेसीको चेपाङ संरक्षण केन्द्रमा मनाएको छ । आफना सक्रिया र उत्कृष्ट सदस्यहरुलाई सम्मान तथा केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई खाना खुवाएर क्वलले बार्षिकोत्सव मनाएको हो ।
IMG_7373
क्वलले बार्षिकोसवकै अबसरमा संस्थापक सदस्य र सहयोगीलाई सम्मान र उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत गरेको छ । क्लवका उत्कृष्ट सदस्य राजेन्द्र प्रसाद कोइराला,सक्रिय सदस्य मधुर नेपाल र सहयोगी सदस्य ऋषबरान खरेललाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बी २ का गर्भनर घनश्याम भट्टराईले संस्थापक सदस्य,सहयोगीहरु तथा उत्कृष्ट सदस्यहरुलाई सम्मान र पुरस्कृत गरेका थिए । कार्यक्रममा लायन्स क्लवका जिल्ला कोषाध्यक्ष हरिप्रसाद घिमिरे,लायन्सका पूर्वी चितवन प्रमुख निरज श्रेष्ठ,लायन्स क्लव अफ चितवन सौराहाका संस्थापक अध्यक्ष नारायण भट्टराई,केन्द्रका अध्यक्ष केपिकिरण शर्मा लगायतले वोलेका थिए । कार्यक्रम लायन्स क्लव अफ रत्ननगर बेल्सीका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षतामा भएको थियो । सोही अबसरमा विकल्प कंक्रिट उद्योग रत्ननगरले केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई स्टेशनरी सहयोग गरेको छ । उद्योगका सञ्चालक कृष्णप्रसाद अधिकारीले वालवालिकालाई स्टेशनरी हस्तान्तरण गरेका थिए ।

IMG_7374

तपाईको प्रतिक्रिया