रामु आचार्य
१७ भाद्र, काउले, चितवन
नेपालीको आवाज मनोरञ्जन डेस्क
डेक नेपाल सौराहा द्वारा संचालित “चेपाङ महिला सशक्तिकरण” परियोजना अन्तर्गत चितवनको चण्डीभन्ज्यांग गाविस र काउले गाविसमा, गाविस स्तरिय चेपाङ महिला पैरवी मंच गठन भएको छ ! भदौ १६ गते चण्डीभन्ज्यांगमा र भदौ १७ गते काउलेमा कार्यक्रम सम्पन्न भएको हो ! यस अघि डेक नेपालले प्रत्यक गाविसमा पांच वटा चेपाङ महिला पैरवी मंच गठन गरि स्थानिय बिकाश प्रक्रियामा चेपाङ महिलाहरुको सहभागिता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रमहरु अगाडी बढाइरहेको छ ! गाविस स्तरिय चेपाङ महिला पैरवी मंच गठन भए संगै अब चेपाङ महिलाहरु आफ्नो समुदायका समस्याहरु सम्बन्धित निकायमा पुर्याएर त्यसको समाधानको पहल गर्न सक्नेछन ! गाविस स्तरिय चेपाङ महिला पैरवी मंच गठन कार्यक्रम बाट धनमाया चेपाङ चण्डीभन्ज्यांग गाविसको अध्यक्ष चुनिनु भएको छ भने अन्जु चेपाङ्ग काउले गाविसको अध्यक्षमा चयन हुनुभएको छ !
यसका साथै सोहि दिनमा चेपाङ महिला पैरवी मंचको संजाल बैठक पनि सम्पन्न भएको छ! संजाल बैठकमा स्थानिय सरकारी निकायमा आउने कार्यक्रमहरुमा चेपाङ महिलाले कसरि सहभागिता जनाउने लगायतका कुराहरुको बारेमा डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले सहजीकरण गर्नुभएको थियो ! गाविस स्तरिय चेपाङ महिला पैरवी मंचको नौ सदस्यीय कार्यसमिति गठन गरिसके पश्चात सहभागी हरुलाई संचारकर्मी एबम कलाकर्मी रामु आचार्यले नेतृत्व बिकास सम्बन्धि तालिम प्रदान गर्नुभएको थियो ,तालिम अन्तर्गत नेतृत्व बिकास कसरि गर्ने ?, असल नेता बन्न के गर्ने ?, नेतृत्व असफल हुने कारण के हो ? लगायतका बिषय समाबेस थियो ! परियोजना संचालन भैरहेका बाकि गाविस हरुमा पनि क्रमस गाविस स्तरिय चेपाङ्ग महिला पैरवी मंच गठन हुने कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनुभयो ! कार्यक्रम नेपाल चेपाङ संघका अध्यक्ष लक्ष्मण चेपाङको अध्यक्षतामा सम्पन्न भएको थियो !