१ पौष, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को पूर्वाञ्चल कमिटि गठन गरिएको छ । बिहिबार इटहरीमा इक्यानमा आबद्ध शैक्षिक परामर्श ब्यवसायीहरुको भेलाले झापा विर्तामोडका द्वारिकालाल चोधरीको संयोजकत्वमा कमिटि गठन गरिएको हो ।
इक्यान केन्द्रिय महासचिव सन्तोष प्याकुरेल तथा प्रथम सचिव देविदास भट्टराई र केन्द्रिय सदस्य पुष्पराज भट्टराईको उपस्थितिमा गठन गरिएको कमिटिको सदस्यमा धरानका भिमबहादुर लिङ्थेप तथा विराटनगरका गम्भिर भगत रहेको इक्यानका सदस्य शिशिर सिंखडा र फिलीप डि.सीले जानकारी दिए ।
कन्सल्टेन्सी ब्यवसायीलाई मर्यादित रुपमा सञ्चालन गर्न तथा ब्यवसायिक हितका लागि इक्यानले शैक्षिक परामर्श दाताहरुलाई एउटै छातामुनी संगठित गर्ने क्रममा पूर्वाञ्चल कमिटि गठन गरिएको नव निर्वाचित अध्यक्ष द्वारिकालाल चौधरीले बताए ।
उनले आगामी दुई महिना भित्र इक्यान पूर्वाञ्चलको पूर्ण कार्य समिति बनाएर जाने बताए । साथै पूर्वाञ्चलमै IELTS को परीक्षा सञ्चालन गर्ने, संगठनलाई मर्यादित र स्वच्छ ढंगले सञ्चालन गर्ने तथा ब्यवसायिक प्रर्वद्धनका लागि विभिन्न कार्य योजना बनाउने बताए ।