महेश पाण्डे
२ मंसीर, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर वडा नं. ८ को वडा नागरिक मञ्चको पुर्नगठन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रत्ननगर –८ मा रहेको श्री बैरिया मा.वि. को प्राङ्गणमा भएको उक्त कार्यक्रमबाट वडामा रहेका क्रियाशिल राजनितीकदलहरुको समन्वयमा २७ जना सदस्य सहित ५ जनाको स्टेरिङ कमिटी गठन गरिएको छ । ५ सदस्यीय स्टेरिङ कमिटिको संयोजकमा ने.क.पा माओवादी केन्द्रकी पार्वती पौडेल, सह–संयोजकमा ने.क.पा. एमालेका चन्द्रकान्त ओझा, सदस्यहरुमा क्रमस. केपाली कांग्रेसका युग बहादुर थापा, नेपाली कांग्रेसका दुर्गा बराल साथै मञ्जु आचार्य रहेका छन् । कार्यक्रम जेष्ठ नागरिक सरस्वती खनालको उपस्थिती तथा रत्ननगर नगरपालीका वडा नं. ८ का सचिव खगनाथ पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।