महेश पाण्डे
१४ पौष, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्नननगर नगरपालिका वडा नं ८ को वडा भेला बुधवार श्री बैरिया मा.वि.को प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित वडाका बासीन्दाहरुले वडामा भएका समस्याहरु र सुझावहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश चन्द्र ढुङ्गाना, नगरपालीकाकी वातावरणीय अधिकृत शन्ध्या रिजाल, नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमीरे, ने.क.पा. एमालेका नगर अध्यक्ष्ँ बद्री नाथ घिमीरे, ने.क.पा. माओवादी केन्द्रका कार्यालय सचिव जीवन कुमार श्रेष्ठ, रा.प्र.पा प्रतिनिधि भरत प्रसाद रुपाखेती, राष्ट्रिय जनमोर्चाका मेगराज ढकाल, नेपाल मजदुर किसान पार्टीका विष्णु शर्मा, वडा नं ८ का नेपाली कांग्रेसका सभापति कलाधर पौडेल, वडा नं. ८ ने.क.पा. एमाले अध्यक्ष्ँ कमल बहादुर घिमीरे, वडा नं. ८ ने.क.पा. माओवादी केन्द्रका ईन्द्र प्रसाद ढकाल, वडा नागरीकमञ्चका प्रतिनिधी, नागरिक समाज लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वडावासीहरुले बाटो राम्रो नभएको, राम्रोसंग कालो पत्रे नभएको, ग्रयाबेलको समस्या, बिसादीको प्रयोग बढेको, वडा नं ८ लाई वातावरण मैत्री घोषणा गरेता पनि यो घोषणामा मात्र सिमीत भएको र सोलार लाईटको पनि ब्यवस्था नभएकोले तत्काल यस तर्फ नगरपालिकाको ध्यान जानुपर्ने बताएका थिए । वडा नं ८ लाई वातावरण मैत्री घोषणा गरेता पनि यो घोषणामा मात्र सिमीत भएको भन्ने प्रश्नको जवाफ दिदैै नगरपालिकाकी वातावरणीय अधिकृत सन्ध्या रिजालले वडालाई वातावरण मैत्री बनाउन वडाबासीकोनै प्रमुख हात हुने भएकाले वातावरणमैत्रीका ईण्डिकेटरको पालना सबैले गर्न आग्रह गरिन ।
नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश चन्द्र ढुङ्गानाले नगरपालिकालाई गालिगर्न सहज भएपनि सिमीत श्रोत साधनले सबै वडाहरुमा सेवा सुविधा थप गर्न निकै गाह्रो रहेकोले बरु सांसद बिकास कोषको बजेटको लागि सांसदज्यूहरुलाई पनि आफ्ना समस्या राख्न आग्रह गरे । उनले हाल निर्माण भएको महेन्द्र राजमार्गको बिस्तारीकरण र कालापत्रेसंगै पुराना संरचना पुरिएकोले यदि ति नखोजिय रत्ननगर वडा नं. ८ राजमार्ग निर्माण पश्चात पुरै डुवान क्षेत्र हुने भएकाले यसको लागि वडा बासीले आवाज उठाउन आग्रह गरे ।
कार्यक्रमा बोल्दै सबै राजनितिक दलका प्रतिनिधिहरुले वडाको बिकासका लागि सबै एक भएर लाग्नु पर्ने र त्यसका लागि वडा र नगरमा रहेका राजनितिक दलहरु हातमा हात मिलाएर अगाडी बढ्न तयार रहेको बताए । कार्यक्रमा पुर्व वडा नागरिक मञ्चबाट ०७२/०७३ को वडा बजेट कार्यक्रम सार्वजनिक सुनुवाई पनि गरिएको थियो भने कार्यक्रम वडा नं ८ का सचिव खगनाथ पराजुलिको अध्यक्ष्ँतामा सम्पन्न भएको थियो ।