२९ पौष, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर नगरपालीकाको २१ औं नगर परिषद तथा आ.व. २०७४÷७५ को बजेट, निति तथा कार्यक्रम बिहिवार सार्वजनिक भएको छ । नगरपालीको कार्यालय परिषरमा भएको उक्त कार्यक्रममा नगरपालीकाका कार्यकारी अधिकृत काशिराम गैरेले रु ३० करोड २१ लाख २१ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जस मध्य आन्तरीक श्रोतबाट रु ४ करोड २२ लाख ३५ हजार जुन रकम कुल बजेटको १४ प्रतिशत हुन आउछ । बाह्य अनुदान तर्फ नेपाल सरकारको विभिन्न पुजिगत अनुदान रु १५ करोड १५ लाख ५५ हजार, सामाजिक सुरक्ष्ाँ कार्यक्रमको रु ११ करोड ९० लाख १६ हजार हुने अनुमान गरिएको छ । यो बजेट अघिल्लो वर्ष भन्दा करिब ११ करोड बढि रहेको छ । जुन बजेटबाट कार्यलय सञ्चालन तर्फ रु २ करोड ९९ लाख ५० हजार (कुल बजेटको ९.९१∞), सामाजिक सुरक्षा तर्फ रु ११ करोड ९० लाख १६ हजार (कुल बजेटको ३९.३९∞), सार्वजनिक निर्माण तथा सुधार तर्फ रु १५ करोड १५ लाख ५५ हजार (कुल बजेटको ५०.१६∞) र लक्षित वर्ग बिकास कार्यक्रम तर्फ रु १ करोड ६४ लाख ७५ हजार ५ सय ७० (जुन निसर्त अनुदान आधारको ३५ प्रतिशत हुन आउछ) लगाएतका क्षेत्रमा खर्च गरिनेछ । गैरेले नगरलाई देशकै उत्कृष्ट नगर बाउन ब्यवसायीक कृषी युक्त पर्यटकीय, स्वच्छ वातावरणयुक्त, सम्पन्न, शान्त, प्राकृतिक सौन्दर्यले भरिपुर्ण र न्यायपुर्ण रत्ननगर बनाउने दिर्घकालीन सोच लिएको बताए । जसमा उनले पर्यटकीय दिर्घकालीन योजना तर्जुमा गरि आगामी १० वर्ष भित्रमा देशकै दोश्रो पर्यटकीय गन्तव्य बनाउने कुरा उद्देश्यका रुपमा प्रस्तुत गरेका छन् । जसका लागि उनले आवश्यक श्रोत जुटाउन नगरपालिकाले आ.व. २०७३÷७४ देखीनै पर्यटन शुल्क (करिब ३ डलर÷प्रति बिदेशी पर्यटक) लगाउने साथै जसको ७० प्रतिशत रकम पर्यटन बिकासमै र बांकि ३० प्रतिशत रकम रत्ननगर क्षेत्रका पिछडीएका समुदायहरुको सामाजीक बिकासमा खर्च गर्ने गरि पर्यटन गुरुयोजना तयार पारी बिभिन्न सरोकारवालारुसंग समन्वय गरि कार्यन्वयन गरिने जनाएका छन् ।
कार्यक्रममा रत्ननगर नगरपालीकाको कार्यालय स्थापना गर्नका लागि जग्गा दान गर्नुहुने जग्गादाता स्वं नाथुराम महत्तोको अर्धकदको सालीक समेत कार्यक्रमका प्रमुख अतिथी क्षेत्र नं. २ का सांसद शेसनाथ अधिकारीबाट गरिएको थियो ।
नगर परिषदकै अवसर पारेर रत्ननगर नगरपालीकालाई बिभिन्न कार्यमा सहयोग गर्नुहुने सहयोगीहरु तथा रत्ननगरकै रत्नहरुलाई बिभिन्न बिधामा नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो । जस अन्र्तगतः पत्रकार विधामा पत्रकारद्धय क्रमशः राजेन्द्र आचार्य र बिकास पौडेल, कलाकार बिधामा राष्ट्रिय लोक गायक मिलन लामा, साहित्यीक बिधामा साहित्यकार तिलक राज शर्मा, खेलकुद बिधामा तेकवान्दो खेलाडी पार्वती गुरुङ, उत्कृष्ट करदाता बिधा अन्र्तगत एकिकृत सम्पतिकर बिधामा वडा नं. ८ का किशोर दत्त मिश्र, ब्यवसायीक कर बिधामा वडा नं. ८ मानै रहेको अक्युड नेपाल प्रा.ली. रहेका छ । त्यस्तै रत्ननगर नगरपालीका को वडा नंं. ८ लाई वातावरण मैत्री वडा घोषणा गर्नु सहयोग गर्ने सहयोगीहरुको रुपमा क्रमशः वडा सचिव खगनाथ पराजुली, ज्ञानेन्द्रराज पाण्डे, यवराज शर्मा पौडेल, ज्ञानेन्द्र रेग्मी, चन्द्रकान्त ओझा साथै उक्त कार्यक्रममा प्रथम हुने शुभ प्रभात टोलबिकास संस्था लगाएतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा ६३ जना स्वास्थ्य स्वंयसेवीका मध्यबाट ६ जनालाई उत्कृष्ट कार्य गरेको भन्दै कदर पत्र समेत प्रदान गरिएको छ जसमा क्रमशः उर्मीला चौधरी, विष्णुमाया भट्टराई, कमला घिमीरे, अर्चना रिमाल, राधा सुवेदी, कल्पना भण्डारी रहेका छन् । त्यस्तै कार्यक्रममा निवर्तमान १९ वटै वडाका वडा नागरीक मञ्चका संयोजकहरुलाई सम्मान गरिएको थियो जसमा वडा नं. १ देखी १९ सम्मका निवर्तमान वडा संयोजकहरुमा क्रमशः ऋतु गिरी, रश्मि बर्तौला, मिना गिरी, ज्वाला पुरी वन, एक नारायण पौडेल, चन्द्रिका बस्नेत, रामचन्द्र अधिकारी, सिवकान्त पौडेल, सुन्तली गुरुङ, तिर्थ कुमारी बि.क., निर्मला खड्का, गोकर्ण खनाल, लक्ष्मी थापा भट्ट, बिष्णु भण्डारी, शर्मीला लामीछाने, दिपा मिश्र, प्रभा देवी महत्तो, राम माया लामा र राम प्रसाद रिजाल रहेका छन् ।
सोही कार्यक्रममा नगरपालीका भित्र उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई पनि नगद तथा प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो जसमा क्रमशः सामाजिक शाखा प्रमुखको रुपमा रहदा उत्कृष्ट कार्य गर्ने तेजेन्द्र नाथ लामीछाने, वडा नं ८ का सचिव खगनाथ पराजुली, खरिदार गोपाल प्रसाद भट्टराई, आई. टि. खरिदार अनिशा पाण्डे, वडा नं. ३ का सचिव विजय बस्नेत, ईलेक्ट्रिसीयन बिनोद कुमाल, सवारी चालक उदय व. भुजेल, कार्यलय सहयोगी राकेस नेपाली र सरसफाईकर्मी यम बहादुर लामा रहेका छन् ।
कार्यक्रममा नगर स्तरीय वाल क्लबकी अध्यक्ष युनिका ढकाल, ने.क.पा. माओवादी केन्द्रका पोलीटब्युरो सदस्य ईश्वरी प्रसाद भट्टराई, महिला नगर सञ्जालकी उपाध्यक्ष दिल कुमारी बराल, चितवनका स्थानीय बिकास अधिकारी श्रवण कुमार पोख्रेल, आदिवासी जनजाती महासंघका रत्ननगर अध्यक्ष सुरेश चौधरी, रत्ननगर उद्योग वाणीज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, नया शक्ति नेपालका चितवन संयोजक पदम वहादुर गुरुङ, ने.क.पा. क्रान्तिकारी माओवादीका सुरेस गौतम, नेपाल मजदुर किसान पार्टीका किसान चेपाङ, राष्ट्रिय जनमोर्चाका ईन्द्र प्रसाद पौडेल, ने.क.पा. मालेका जिल्ला सचिव पर्शुराम लामिछाने, मधेसी जनाधिकार फोरमका जिल्ला अध्यक्ष माकर महत्तो, नेपाली कांग्रेसका जिल्ला प्रतिनिधि तथा रत्ननगरका सभापति रुपन राज घिमीरे, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य डम्बर पुरी, ने.क.पा. एमालेका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य कृष्ण खनाल लगाएतले आफ्ना धारण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी क्षेत्र नं. २ का सांसद काशिनाथ अधिकारीले २१ औं नगरपरिषद एतिहासीक भएको र निती तथा कार्यक्रमहरु पनि निकै उत्कृष्ट भएको साथै यो प्रावीधिक रुपामा १ वर्षको बजेट भएपनि यसले नगरपालीको दुर्गामी परिवर्तनका लागि योजना भएको धारण ब्यक्त गरे ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा क्षेत्र नं. २ का सांसद शेषनाथ अधिकारीले निती तथा कार्यक्रमको प्रशंसा गर्दै रत्ननगरमा रहेको रत्ननगर अस्पताल निकट भविष्यमा ५१ सैयाको अस्पताल हुने, मुख्य राजमार्गको २.५ निपनि देखी टांडीसम्मको भाग देशकै नमुना सडक मध्यको एक भएको, सौरहा चोक देखी सौराहा सम्मको बाटो भव्य बन्ने, टांडि बजारबाट शक्तिखोर हुंदै शिराईचुलीबाट पृथ्वी राजमार्गको मझिमटार जेड्ने सडकको काम भई रहेको, बकुलहर बाट सिद्धीसम्को बाटो दोहोरो नाला सहितको बन्ने, यस नगर क्षेत्रमा आकाशे पुलको आवश्यकता देखीएकोले आफु त्यस तर्फ लागेको बताए ।
नगरपालीकाका लेखा अधिकृत सिताराम प्रोख्रलले सञ्चालन गरेको कार्यक्रममा नगरपालीकाका योजना शाखा प्रमुख प्रकाश चन्द्र ढुङ्गानाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम नगरपालीकाका कार्यकारी अधिकृत काशिराम गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।