नेपाली काँग्रेस चितवनको आज वसेको बैठकले केन्द्रबाट निर्देशित कार्यक्रमहरुलाई प्रभाबकारी रुपमा अघि वढाउने निर्णय गरेको छ । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा वसेको बैठकले ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै केन्द्रंका कार्यक्रमहरुलाई शशक्त रुपमा अघि वढाउने निर्णय गरेको हो ।
सरकारले अघिल्लो देउवा सरकारले गरेका निर्णहरु खारेज गरेको, गोबिन्द केसीको जीवन रक्षाका लागि ठोस कदम चलाउन नसकेको, महङ्गि, भ्रष्टाचारलाई वढवा दिएको भन्दै नेपाली काँग्रेस केन्द्रले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो । सोहि कार्यक्रम अन्तर्गत काँग्रेस चितवनले साउन १५ गते भरतपुरको चौबिसकोठी देखि पुलचोक सम्म बिरोध प्रदर्शन गर्ने निर्णय गरेको सचिब उत्तम जोशिले जानकारी दिनु भयो ।
यस्तै बैठकले यहि साउन ६ गते परेको २६ औं बिपि स्मृति दिवसको अबसरमा जिल्लाका सम्पूर्ण वडा, गाउँ, नगर तथा भातृ संगठनहरुलाई भव्य रुपमा मनाउनका लागि निर्देशन समेत दिएको छ । सो अबसरमा जिल्लाले पार्टी कार्यालय कमलनगरमा बिचार गोष्ठि गर्ने निर्णय गरेको छ ।
बैठकले पूर्ब जिल्ला सभापति, पूर्ब सांसद एबं प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ सहितको १९ सदसिय सल्लाहाकार समिति समेत गठन गरेको छ । काँग्रेस चितवनले गठन गरेको बिभिन्न बिभागहरु मध्ये ११ वटा बिभागलाई पूर्णता दिएको सचिब जोशीले जानकारी दिनु भयो । पूर्णता पाउने बिभागहरुमा संगठन बिभाग, प्रशिक्षण बिभाग, सामाजिक संघ संस्था बिभाग, प्रचार प्रसार, संघ , स्थानिय, बन, श्रम, ट्रेड युनियन, स्वास्थय लगाएतका रहेको उहाँले जानकारी दिनु भयो ।
यसैबिच बैठकले महानगरपालिकाले बिपि कोईराला क्यान्सर अस्पतालको जग्गा सिटिहल निर्माणका लागि माग गरेको बिषयमा बिरोध जनाएको छ । जननेता बिशेश्सोर प्रसाद कोईरालाको नाममा जोडीएको यस अस्पतालको चल अचल सम्पति माग गरि अस्पतालको अस्तित्व समेत संकटमा पार्न खोजेको आरोप समेत काँग्रेस चितवनले लगाएको छ । महानगरलाई आबश्यक परे अन्य क्षेत्रमा रहेका जग्गा प्रयोग गर्न सक्ने काँग्रेस चितवनले निस्कर्ष निकालेको छ । अस्पतालको नाममा रहेको जग्गामा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान वनाउन समेत माग गरीएको छ । अस्पताल जस्तो स्वायत्त संस्था माथि हस्तक्षेप नगर्न स्थानिय तथा केन्द्रिय सरकारलाई आग्रह समेत बैठकले आग्रह गरेको सचिब जोशीले जानकारी दिनु भयो ।
भरतपुर महानगरपालिकाले सिटि हल निर्माणका लागि अस्पताल संग जग्गा माग गरेको थियो ।