काठमाडौं । नेपाली कांग्रेस नेता एंव पूर्व मन्त्री पुर्णकुमार शेर्मा लिम्बु अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । नेपाली कांग्रेसका पुराना नेता पूर्व केन्द्रीय सदस्य शेर्माका दुवै मृगौलाले काम गर्न छोडेपछि लामो समयदेखि पुल्चोकको निधान अस्पतालमा उपचार गराई रहेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज शेर्मालाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए  । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका शेर्मा दुख पाएका र इमान्दार पुराना नेताका रुपमा चिनिन्छन् । उनी २०६४ सालको संविधानसभाको निर्वाचनपछि माधव नेपाल नेतृत्वको कांग्रेस एमालेको संयुक्त सरकारमा स्थानीय विकास मन्त्री बनेका थिए । शर्मालाई भेटेपछि वरिष्ठ नेता पौडेलले शेर्माको स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकहरुसंग जानकारी समेत लिएका थिए ।

तपाईको प्रतिक्रिया