२४ श्रावण,
रत्ननगर, चितवन
“वृद्धि भएको कर नतिरौं” भन्ने नगरबासीलाई अनुरोध गर्दै संयुक्त संघर्ष समिति रत्ननगरले आफ्नो बिरोधका कार्यक्रम अन्तर्गत आज आधा घण्टा रत्ननगर नगरपालिका कार्यालयको कर शाखा अगाडि धर्ना दिएका छन । रत्ननगरमा कृयाशिल नेपाल कम्युनिष्ट पार्टी बाहेकका सात राजनैतीक दल यतिबेला कर वृद्धिको खिलाफमा आन्दोलनमा छन । बिरोधका कार्यक्रम अन्तर्गत भोली नगरपालिका कार्यालयको मुलगेटमा बिरोघ स्वरुप कोण सभा गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस रत्ननगर नगर सभापती रुपनराज घिमिरेले बताए ।