अनिता अर्याल
२५ साउन
रत्ननगर, चितवन

 

रत्ननगरमा रहेका सात राजनितिक दलहरुले नगरपालिकाले कर वृद्धी गरेको विरोधमा आज पनि बिरोध जनाएका छन् । बिरोध कार्यक्रम अन्तर्गत आज शुक्रबार कोणसभाको आयोजना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी वाहेक सात राजनितिक दलहरु कर वृद्धीको विरोधमा आन्दोलित बनेका हुन । चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज रत्ननगर नगरपालिकाको गेटमा कोण सभा गरेका हुन । कार्यक्रममा काग्रेश नगर सभापति रुपनराज घिमिरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल, ,राष्ट्रिय प्रजातन्त्र पार्टीका पिताम्वर आचार्य,राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकका गोविन्द अधिकारी,नेकपा मालेका नगर सचिव रामहरी लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठा सहित नेता कार्यकर्ता बोल्नुभएको थियो । बिरोध कार्यक्रममा उनीहरुले कर घटाउनु पर्ने,जनमतको कदर गर्नु पर्ने लगायतका नारा समेत लगाएका थिए । नेकपा मालेका नगर सचिव रामहरी लम्साले अहिले जनताले गोरु बेचेर कर बुजाएको र अब खेतै बेचेर कर बुजाउनु्पर्ने अबस्था आउने भन्दै त्यस अघिनै यसको निकास निकाल्न अत्याबस्यक भएको बताउनुभयो । नगरपालिकाले अवैज्ञानिक ढंगबाट वढाएको करको विरुद्धमा धर्ना दिईएको नेपाली काग्रेश नगर सभापति रुपनराज घिमिरेले वताए । जितको दम्भ देखाएर शासन गर्न खोजेको आरोप समेत लगाउनुभयो । नेपालको सबिधान बिपरीत ब्यवहार नगरपालीकाले गरेको भन्दै त्यस्तो दुस्कार्य जनतालाई स्बीकार्य नभएको बताउनुभयो । जनताको भाबना अनुशार अधि बढन आग्रह गदै उहाँले त्यसो नगरीए ससक्त आन्दोलनमा जाने उदघोष गर्नुभयो ।लोकतान्त्रीक समाज बिकासका लागी बिरोध कार्यक्रम सम्बोधन गर्न नगर प्रमुखलाई आग्रह गर्नुभयो ।आन्दोलनका कार्यक्रम अन्र्तगत आज शुक्रवार भएको कोणसभालाई सम्वोधन गदै घिमीरेले शिक्षा क्षेत्रमा समेत हस्तक्षेप गरेर एकल ढंगको निर्णय अमान्य हुने बताउनुभयो । यसअघि बिहिबार धर्ना कार्यक्रम रहेको थियो । आफुहरुको माग सम्वोधन नभए आईतवारदेखी शशक्त आन्दोलन गर्ने आन्दोलन सम्बद्ध दलहरुले जनाएका छन् । करको प्रशासनिक प्रक्रियालाई सरल नवनाई साथै उठ्नु पर्ने सम्पती कर,व्यवसायिक कर,घरवहाल कर,मालपोत शुल्क आदिमा अस्वभाविक वृद्धि गरिएको,नगरपालिकाको विकास वजेटबाट विलासिता झल्कने सवारी साधन खरिद गरी प्रयोग गरेको,प्रयोगका लागि अनुपयुक्त साधन प्रयोग विहीन वनाई थन्काएर राखेको, शिक्षा नियमावलीको उल्लंघन गर्दै सामुदायिक विद्यालयको व्यवस्थापन समितिमाथी आक्रमण गरेको, भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको नीतिलाई शशक्त रुपमा कार्यान्वयन गर्न नसकेको भन्दै दलहरुले नगरपालिकाप्रति असहमती जनाउँदै आएका छन् । कोण सभा पछि र्रयाली रत्ननगरको सौराहा चोक हुदै पुन नगरपालीकामा आएर टुङगीएको थियो । यता नगरपालिकाले भने कर वृद्धी अस्वभाविक नभएको वताएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले आफु एक्लैको निर्णय नभै छलफलबाट आएको हुनाले कर वृद्धी अस्वभाविक नभएको बताउनुभयो । उहाँले जग्गाको मुल्यांकन अनुसार नै कर वढेको दाबि समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया