रत्ननगर १० असोज
अरुको हितका लागी सहयोगी हुनु सबैभन्दा ठुलो धर्म भएको नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले बताउनुभएको छ । भिन्न परीचय भएकाहरुका लागी उज्यालो नेपाल चितवनले रत्ननगरमा गरेको ब्हील चियर बितरण कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोेल्दै उहाँले आफुले सकेको सहयोग सामाजीक क्षेत्रको बिकास बिना देशको बिकास सम्भब छैन ।नेपालको सम्बृद्धिका लागी बिदेश गएका युवाहरुले गर्ने सेवाले महत्वपुर्ण भुमीका निर्बाह गरेको समेत बताउनूभयो ।
नेपाली जन सम्पर्क समीति अष्ट्रेलिया राष्ट्रिय समन्वय समिती तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको अध्यक्षता रहेको कार्यक्रममा १० जना भिन्न परिचयभएका हरुलाई ब्हील चियर बितरण गरीएको हो ।
शुकराम दराई, डिल कुमारी श्रेष्ठ,सप्त बहादुर तामाड,रमादेबि अर्याल, बिष्णु चौधरी, आयिसा महत्तो,सोमनाथ गौतम, गोपाल सुबेदि,रामकृष्ण अधिकारी र नारायण बराललाई ब्हील चियर बितरण गरीएको कार्यक्रम सचालक रुपनराज घिमीरेले बताउनुभयो ।