१० असोज, चितवन
समाज सेबि गोबिन्द तिवारीले नेपाल प्रेस युनियन चितवन शाखालाई एक लाख रुपैंया सहयोग गर्नु भएको छ । नारायागढमा आज युनियनका केन्द्रिय अध्यक्ष वद्रि सिग्देलको रोहोवरमा तिवारीले युनियनको भवन निर्माणका लागि सहयोग गर्नु भएको हो । नारायाण्गढमा विगत लामो समय देखि भेटघाट रेष्टुरेन्ट चलाउँदै आउनु भएका तिवारीले यस अघि पनि एक लाख रुपैंया सहयोग गर्नु भएको थियो । हाल भवनमा कुर्चि खरिदका लागि उहाँले सो रकम प्रदान गर्नु भएको हो ।
तिवारीले भवन निर्माण समितीका आर्थिक समितिका संयोजक सृजना अर्याललाई चेक हस्तान्तरण गर्नु भएको हो । सो अबसरमा युनियनका केन्द्रिय अध्यक्ष सिग्देलले चितवनका समाज सेबिको सहयोगमा युनियनको भवन निर्माण हुनु महत्वपूर्ण रहेको बताउनु भयो । तिवारीले नेपालमा तासको परिकार सुरुवात गर्न सकेकोमा गर्बको महशुस गर्दै आँफुले कमाएको केहि रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशि भएको बताउनु भयो । तिवारी नेपालमा तास नामको परिकारको जन्मदाताको रुपमा परिचित हुनुहुन्छ ।
कार्यक्रममा युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, महासचिब अजयबाबु सिवाकोटी, केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रिय सदस्य वसन्त पराजुलि, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का संयोजक दिपेन्द्र चौहान युनियनका जिल्ला अध्यक्ष नारायण अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
भबन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भवन भरतपुर महानगरपालिका वडा नम्बर ११ गोर्खालि टोलमा निर्माण भईरहेको छ । करिब ५० लाखको लागतमा निर्माण भईरहेको सो भबन निर्माण सम्पन्न भएको युनियन चितवनका सचिब अनिल ढकालले जानकारी दिनु भयो । पूर्व सांसद, जिल्ला स्तरका बिभिन्न संघ संस्था, स्थानिय तह, चन्दादाता, च्यारीटि सो लगाएतका काम वाट संकलित रकमले भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि बरिष्ठ समाजसेबि मैयादेबि श्रेष्ठले जग्गा दान गर्नु भएको थियो ।