रामु आचार्य
चितवन
दशैँ र तिहारलाई लक्षित गरेर दर्शक श्रोताका लागि गायक द्वय किशोर तिवारी र भरत खातीले “जमरा र त्यो रातो टिका” गित बजारमा ल्याएका छन् ! पवन वाङ्ग लामाको एरेन्ज, किशोर तिवारीको संगीत , मंजु काफ्लेको शब्दमा रहेको गीतमा किशोर तिवारी र भरत खातीको आवाज रहेको छ !
दशैँ र तिहारको भाव बोकेको यो गीत गत बर्ष नै तयार भएको भए पनि काममा ढिलाई भएको कारण यो बर्षको दशैँ तिहारको लागि बजारमा उपलब्ध गराईएको हो ! OSR Digital को यु-ट्युब च्यानलमा आधिकारिकताका साथ् राखिएको यस गीतको बारेमा प्रतिक्रिया दिनुहुन गायक तथा संगीतकार किशोर तिवारीले अनुरोध समेत गर्नुभएको छ !