सुशिल पन्त,
असोज २२,
भरतपुर १६ शरणपुरमा रहेको सेतीदेवी सामुदायिक वन उपभोक्ता समुहले ३ हेक्टर क्षेत्रफलमा सुविधासम्पन्न पार्क निर्माण सुरु गरेको छ । १८ दशमलव ६ हेक्टर क्षेत्रमा फैलिएको सामुदायिक वन मध्येको ३ हेक्टर क्षेत्रफलमा पार्क बनाउन सुरु गरेको हो । चितवनको मुख्य बजार नारायणगढबाट ९ किलोमिटर पश्चिममा पर्ने सो वनले आफै सञ्चालन गर्ने पार्कमा पिक्निक स्पट, बोटिङका लागि ताल, होम स्टे, रेष्टुरेन्ट, पानीको फोहोरा आदी निर्माण गरिने बनका अध्यक्ष नन्द प्रशाद भट्टले जानकारी दिनुभयो ।
तालको लागि खाडल खन्ने काम भईरहेको छ भने होटेल तथा रेष्टुरेन्टको लागि घर बनाउने काम पनि सुरु भईसकेको छ । पञ्च बर्षिय योजना सहित काम सुरु गरिएको भए पनि त्यसभन्दा अघी नै सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष भट्टले बताउनुभयो । पार्क निर्माण भएपछी आन्तरिक एवं बाह्य पर्यटक भित्रिने र त्यसले शरणपुर क्षेत्रकै बिकासमा टेवा पुग्ने अध्यक्ष भट्टले बताउनुभयो ।
पर्यटकिय दृश्टिकोणले यस क्षेत्रले ठुलो सम्भावना बोकेको छ उहाँले भन्नुभयो पार्क निर्माण भएर पर्यटक भित्रिदा यसले शरणपुरलाई पर्यटकिय नगरिको रुपमा चिनाउने छ । हामीलाई प्रक्रितीले दिएको सबै चिज छ अब यसलाई व्यवस्थित बनाउने योजनामा छौ भट्टले भन्नु भयो । सामुदायिक बनमा गैंडा पनि प्रत्यक्ष अवलोकन गर्न सकिने छ । वनका कोषाध्यक्ष सुकमान घलेले पार्क निर्माणका लागि करिब १ करोड खर्च हुने अनुमान गरिएको बताउनु भयो । यसको लागि भरतपुर महानगरपालिकासँग कुरा भएको र महानर पनि सकारात्मक देखिएको बताउनुभयो । यस्तै अमेरिकन सस्था एनटीएनसी र ताल नामक सस्थासँग पनि कुरा भईरहेको र उनीहरु पनि साकारात्मक रहेको घलेले बताउनुभयो । पार्क निर्माण भएपछी स्थानियले रोजगार समेत प्राप्त गर्ने कोषाध्यक्ष घलेको भनाई छ ।
वनकी सचिब दुर्गा सोडारीले पार्क सँगै निकट भविष्यमा सामुदायिक वन भित्र जिप सफारीको व्यवस्था पनि गर्ने योजना रहेको बताउनुभयो । सेती देवी बनमा दैकिक जसो गैंडा अवलोकन गर्न सकिने हुँदा यसलाई व्यस्थित गरी जिप सफारी सुरु गरेपछि यसको माध्यमबाट गैंडा र बिभिन्न प्रजातीका चराहरुको अवलोकन गर्न पाईने हुँदा पर्यटकहरु थप आकर्षित हुने सोडारीले बताउनु भयो ।