रत्ननगर ।

पूर्वी चितवनको खैरहनीमा प्रथम खैरहनी महोत्सव हुने भएको छ । खैरहनी उद्योग बाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजना मंसिर १६ गते देखि २४ गते सम्म महोत्सव गर्न लागिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चितवनको कृषि,पर्यटन,व्यापार उद्योग र संस्कृतिको प्रर्बधनको लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले जानकारी दिए । महोत्सवमा खैरहनीका उद्योग र कृषिको छुट्टै परिषर राखिने छ । महोत्सव सम्पन्न ५१० सदस्यीय मुल समारोह समिति,११ सदस्यीय स्टेरिङ समिति,१५ सदस्यीय सल्लाहाकार समिति र २४ वटा कार्यगत समिति गठन गरिएको छ । महोत्सवमा २५० वटा स्टल रहने र दुई लाख दर्शकले अबलोन गर्ने अपेक्षा गरिएको मेला व्यवस्थापन उपसमितिका संयोजक रामेश्वर पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया