४ चैत, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पुर्वी चितवनमा बोलेरो गाडीको ठक्करबाट एक किशोरको ज्यान गएको छ । रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकमा बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका पैदलयात्रु १३ वर्षिय वसन्त थापाको मृत्यु भएको हो । आज विहान ९ः३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरो गाडीले किशोरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका थापाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।
बोलेरो गाडीको ठक्करबाट किशोरको ज्यान गएपछि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ ।
प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरी बलपूर्वक राजमार्ग खुलाएको प्रहरी कार्यालय टाँडीले बताएको छ । अश्रुग्यास प्रहारपछि सडकमा धर्ना दिएर बसेका झण्डै तीन सय प्रदर्शनकारी तितरबितर भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया