महेश पाण्डे
चितवन । रत्ननगरमा अपराधीक घटनामा कमी आएको देखिएको छ । बिगतका वर्षमा चाडपर्वको बेलामा अपराध दर केहि बढि देखिएको भएता पनि यो वर्ष भने करिब ८० प्रतिशत अपराधदर घटेको देखिएको हो । खासगरि चाडपर्व लागेसंगै जाँड रक्सि सेवन गरि होहल्ला गर्ने, जुवातास खेल्ने र मापसे गरि सवारी चलाउदा दुर्घटनाहुने लगाएतका समस्याहरु यस वर्ष रत्ननगरमा कम देखिएको हो ।

ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक भावेष रिमाललाई हामीले यसवर्ष रत्ननगरमा अपराधीक घटना कम देखिएको छ के यो साचो हो ? भनेर सोध्दा उनले भने “बिगतका तुलनामा केहि कमी अवस्यनै भएको हो, यसमा हाम्रो प्रहरीको कारणले अपराध प्रतिको डर, केहि सिक्षीत प्रतिशत बढेका कारणले पनि भएको हामीलाई लाग्छ तर यसको अर्थ यो होईनकी अपराध हुदै हुदैन वा घटना घट्दै घट्दैन त्यो जुन कुनै बेलामा पनि हुन सक्छ त्यसको लागि हामी दशैमा चौबिसै घण्टा शान्ति शुरक्षा दिन तयार छौ ।”
रिमालले चाडबाडको बेलामा परिवारसंग रमाईलो गर्नु स्वाभावीक भएपनि पर्वका नाममा बिकृती र बिसंगतीलाई भने बढावा दिन नहुने बताए । उनले कंहि कसैलाई केहि समस्या परेमा प्रहरीको हटलाईन १०० वा रत्ननगरको फोन नं.०५६–५६०१९९ मा फोन गर्न पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया