चितवन । कृषि पर्यटन, उद्योग र ब्यापार, राप्ती बिकासको मुल आधार भन्ने नारासहित प्रथम राप्ती महोत्सव सुरु भएको छ । महोत्सवको बिहिबार एक समारोहका बीच पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि नेकपा का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उदघाटन गरे ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले महोत्सवले समग्र चितवनकै सम्बृद्धिमा सकरात्मक भुमिका खेल्ने बताए । पुर्वी चितवन आफैमा सम्भावना नै सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रबद्र्धन र बिकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारले कुनै कसुर बाँकि राख्न नहुने उनको तर्क छ । उनले जनप्रतिनिधि, राजनितिक दल, उद्योगी ब्यवसायीसँग सहकार्य गरेर अघि बढेमा नगर सम्बृद्ध बन्न समय नलाग्ने बताए । भरतपुरको गोन्द्राङमा रहेको सडक विभागको कर उठाउने ढाठ हटाउन पहल गर्ने, गरिमा धानको नाममा पिडित पुर्वी चितवनको किसानहरुलाई क्षेतिपुर्ति दिलाउन पहल गर्ने लगायतको प्रतिबद्धता उनले जनाएका छन ।

उदघाटन समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल, प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश नं. ३ का कृषि तथा भुमि ब्यवस्था मन्त्री दावादोर्जे लामा लगायतले आर्थिक सम्बृद्धि नै बिकासको मुल आधार भएकाले हरेक क्षेत्रको अर्थनिति बलियो हुनुपर्ने धारणा राखे । उनीहरुले कृषिमा नयाँ प्रविधि र प्रोत्साहनबाट पनि जनताको जिवनस्तर उकास्न सकिने बताए ।

नेकपा प्रदेश नं. ३ का सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश सांसद कृष्ण खनाल, कञ्चन खनाल, घनश्याम दहाल, प्रदेश ३ का मुख्यमन्त्रीका राजनितिक सल्लाहकार जेएन थपलिया, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, राप्ती नगरपालिकाका मेयर प्रभा बराल, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उद्योग बाणिज्य महासंघका सदस्य तिलचन्द्र भट्टराईलगायतको मन्तव्य राखे ।

कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजकुमार कँडेलले स्थानीय उत्पादन तथा नगरको पर्यटन प्रबद्र्धनमा महोत्सवले जोड दिने बताए ।

उनले कृषिलाई बिशेष प्रथामिकता दिनुका साथै विभिन्न जातजातिको कला सँस्कृतिसमेत समेटिएको बताए ।

महोत्सवको उदघाटन गरिनुअघि बृहत शोभा यात्रा निकालिएको थियो । राप्ती नगरपालिकाको कार्यालय भण्डाराबाट बिरेन्द्रनगर महोत्सव स्थलसम्म निकालिएको शोभायात्रामा विभिन्न संघसस्था तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । शोभायात्रामा विभिन्न जातजातिको कला, सँस्कृति झल्कने विभिन्न प्रदर्शनीहरु गरिएको थियो ।

राप्ती नगरपालिकामा पहिलो पटक आयोजना गरिएको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । २५० वटा स्टल रहेको महोत्सवमा कृषि, अटो, आइटी परिसर, बाल उद्यान, साँस्कृतिक घरहरु, सेल्फि जोन लगायत आकर्षणहरु रहेका छन ।

महोत्सवमा दैनिक चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तृति रहनेछ । महोत्सवलाई राप्ती नगरपालिका र राप्ती उद्योग बाणिज्य संघले संयुक्त रुपमा आयोजना गरेका हुन ।

तपाईको प्रतिक्रिया