चितवन । रत्ननगर–१, बकुलहरमा रहेको अर्पण वचत तथा ऋण सहकारी संस्था लि.को भारतको सिक्किम दार्जलीङ तथा ईलाम भ्रमण सम्पन्न भएको छ । कार्तिक २७ गते देखि मंसिर १ गते सम्म रहको नेपालको काकडभिट्टा हुदै सिक्किम र त्यसपछि दार्जिलीङ देखि पशुपतिनगर हुदै ईलाम सम्मको भ्रमण निकै फलदायी रहेको कार्यसमिती सदस्य तथा भ्रमण समिती संयोजक बिपिन शर्मा आचार्यले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
भ्रमण समिती सदस्य तथा ऋण समित सदस्य समेत रहेका ध्रुवराज लामिछानेले ९४ जनालाई खासगरि भारतमा लगेर ब्यवस्थापन गर्न निकै चुनौति रहेपनि सो चुनौतिलाई पार गर्दै भारतमा रहेको सिक्किम दार्जिलीङ तथा नेपालको ईलाममा गरिएको भ्रमणले सदस्यहरुले रमाईलोसंगै एक आपसमा चिन्ने अवसर पाएको बताए ।
भ्रमणमा सहभागी रहेका पत्रकार तथा अर्पण सहकारीका शेयर सदस्य रहेका राजेन्द्र आचार्यले भ्रमणमा आफु जानुको उद्देश्य त्यहाका बिकास क्रमलाई बुझ्नु भएको बताउदै सो कुरामा यो भ्रमण सफल रहेको बताए । उनले भ्रमणमा केहि साना तिना समस्या रहेको भएता पनि त्यस्ता समस्याबाट पाठ सिक्दै आगामी दिनका भ्रमणलाई अझ रमाईलो र ब्यवस्थित गर्न सुझाव समेत दिए ।
अर्का शेयर सदस्य तथा रत्ननगर वडा नं. १ का वडा सदस्य शालिकराम पराजुलीले यति धेरै शेयर सदस्यहरुलाई भारतमा लगेर भ्रमण गराउनु निकै गाह्रो भएपनि सबैलाई राम्रोसंग ब्यस्थित गरेर राख्न सकेकोमा अर्पण बचत तथा भ्रमण समितीलाई धन्यवाद दिए ।
अर्पण बचतका अध्यष यमन भुषालले भ्रमण भारतमा भएपनि यसबाट नया नया ठाउँमा अर्पणको भ्रमण हुने गरेको कुरालाई संकेत गर्दै आगामी दिनमा पनि यस्ता भ्रमण गरिनै रहने जानकारी दिए । उनले सो भ्रमणको उद्देश्य सदस्यलाई घुमाउनु मात्र नभई सदस्यहरुलाई एक अर्काप्रति चिनाउनु साथै संस्था प्रतिको माया बढाउनु पनि रहेको बताए ।
उनले यति ठुलो सदस्य संख्यालाई खुसीसाथ भ्रमण सम्पन्न गराई आएका भ्रमण समिती संयोजक बिपिन शर्मा आचार्य, सदस्यद्धय महेश पाण्डे र ध्रुवराज लामिछानेलाई धन्यवाद समेत ब्यक्त गरे ।
सिक्किम के कस्तो छ अझ त्यसमा पनि छेङ्गु लेकको बारेमा यो भिडीयो हेर्नुभयो भने सबैकुरा थाहा पाउनु हुनेछ#Arpan_Bachat_Sikkim_Tour
Gepostet von Mahesh Pandey am Dienstag, 19. November 2019