चितवन । पूर्वी चितवनको टांडीमा बिहीबार राती सवारी दुर्घटना भएको छ । बिहीबार राती १०ः४५ बजे रत्ननगर–२, टाँडी स्थित महेन्द्र राजमार्गमा बाराबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ४७५५ नं. को बस आँफै अनियन्त्रित भई पल्टिदा उक्त बसमा सवार ४२ जना मध्ये करिब १७ जना घाईते भई बिभिन्न अस्पताल लगिएको ईलाका प्रहरी कार्यलय टांडीले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा बारा जिल्ला कलैया २ बस्ने बर्ष ३५ को गौरीशंकर यादब, बारा जिल्ला कलैया २ कै बर्ष २४ को रामबाबु यादब, बारा जिल्ला गडीमाई न.पा. १ बस्ने बर्ष ४४ का मनोज शाह, भारत मोतिहारी बस्ने बर्ष १८ का खुसीलाल यादव, बारा जिल्ला कलैया २ बस्ने बर्ष ३५ का गौरीशंकर यादब, बारा जिल्ला कलैया २१ बस्ने बर्ष २४ का रामबाबु यादब, बारा जिल्ला गडीमाई न.पा. १ बस्ने बर्ष ४४ का मनोज शाह र भारत मोतिहारी बस्ने बर्ष १८ का खुसीलाल यादव रहेका छन् । उनिहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
बांकी घाइतेहरुको टाँडी स्थित बकुल्लहर सरकारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । टांडीमानै उपचार गराउने हरुमा बारा जिल्ला महागढीमाई न.पा. ८ बस्ने बर्ष ३६ की चम्पादेवी, बारा जिल्ला महागढीमाई न.पा. ८ बस्ने बर्ष २० की मेनुकादेवी, बारा जिल्ला महागढीमाई न.पा. ८ बस्ने बर्ष १२ की रिहाना खातुन, बारा जिल्ला महागढीमाई न.पा. ८ बस्न बर्ष ८ की काजल खातुन, सोही ठाउ बस्ने क्रमशः बर्ष १३ का देवेन्द्र कु. यादव, बर्ष २५ का सचिम अंसारी, बर्ष २४ को नौसाद आलम, बर्ष २१ का नौरुद अंसारी, बर्ष १७ का प्रदिप कु. पटेल, बर्ष १४ का सुकट अंसारी, बर्ष १७ का रुपेश कुमार, बस्ने बर्ष १८ का सुवास यादव, बर्ष ४५ का सुनालाल, बर्ष २७ का सनिकुमार, बारा जिल्ला महागढीमाई न.पा. ३ बस्ने बर्ष ४३ का बिरेन्द्र साह, बारा जिल्ला महागढीमाई न.पा. ९ बस्ने बर्ष १८ का मंजित कु. पटेल, मकवानपुर जिल्ला मनहरी ७ बस्ने बर्ष ३९ का सिहराज तामाङ, रौतहट जिल्ला चपुर बस्ने बर्ष २६ का क्षितिज तामाङ (सहचालक) रहेका छन् ।

सो बसका चालक हालसम्म सम्पर्कमा नआएको र उनको खोज तलास कार्य भने जारी रहेको प्रहरीले जनाएको छ । बाँकि २० जना यात्रुहरु गन्तब्य तर्फ गइसकेको र क्रेनको सहायताले गाडी सुरक्षित स्थानमा राखिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया