-अजित अधिकारी
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडीको नगर र वडा कमिटीहरुको संयुक्त शपथ ग्रहण कार्यक्रम आइतबार होटल प्याराडाइजमा सम्पन्न भएको छ ।
पार्टीलाई आगामी दिनहरुमा कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर पार्टीको सिद्धान्त र विचारलाई आत्मसात् गर्दै सबै मिली पार्टी सुदृढीकरणमा लाग्नुपर्नेमा कार्यक्रममा सहभागीहरुले आफ्ना तर्क प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा का केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल रहेका थिए । प्रमुख अतिथिको रुपमा बोल्दै खनालले विकासको लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिँदै पार्टी सुदृढीकरण र विकासको लागि सबै मिलेर लाग्नुपर्ने र पार्टीलाई सशक्त बनाएर अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा माडी नगरपालिकाकाका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य एवं चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजित, पर्यटन विकास समितिका अध्यक्ष एवं वडा न ३ का वडाध्यक्ष पुरन महतो वडान ८ का वडाध्यक्ष कृष्णराज अधिकारीलगायत विभिन्न पार्टीका पार्टी प्रतिनिधि एवं विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नारायण पौडेलले स्वागत मन्तव्य राखेका थिए भने माडी नगर प्रमुख ढकाल, चितवन जिल्ला सचिव कृष्णभक्त पोख्रेल, चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल, बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य यमबहादुर परियार इन्द्रजितले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा अन्य पार्टीका झन्डै आधा दर्जन जति मानिसहरु नेकपा पार्टीमा प्रवेश गरेका थिए । प्रभुप्रसाद महतोले सहजीकरण गरेको कार्यक्रम नेकपा चितवन जिल्ला सचिवालय सदस्य एवं माडी नगर इन्चार्ज प्रेमराज तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया