महेश पाण्डे
चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशनमा भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा नेकपा प्यानलका शंकर गिरी विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा गिरीले कांग्रेस प्यानलबाट उमेदवारी दिएका देवेन्द्र कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । जम्मा १३२५ मतदाता रहेको संघमा सोमबार भएको निर्वाचनमा ११९१ मत खसेको थियो । आज (मंगलबार) सकिएको मतगणनामा गिरीले ६०४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी श्रेष्ठले ५४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । संघको विधानमा वरिष्ठ उपाध्यक्ष सोत अर्को कार्यकाल अध्यक्ष हुने ब्यवस्था रहेको छ ।

वरिष्ठ उपाध्यक्षमा मात्र नभइ संघको यस पटकको निर्वाचनमा नेकपा प्यानलले आफ्नो वर्चश्व कायम गरेको छ । जस अनुसार वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकटका भिम नारायण श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले ५३७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी कांग्रेस प्यानलका कबिन घिमीरेले ३७७ मत र स्वतन्त्र उमेदवारको रुपमा नेकपाको वागी बनेर उठेका देवी प्रसाद डल्लाकोटीले २१३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा नेकपा निकटका पुरु खनाल बिजयी भएका छन् । उनले ५८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी कांग्रेस निकटका निरञ्जन थापाको ५४१ मत रहेको छ । महासचीव तर्फ पनि नेकपा प्यानलका निराजन खनालले जित हासील गरेका छन् । उनले ६१० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी कांग्रेस प्यानलका माधव प्रसाद पौडेलले ४६० मत प्राप्त गरेका छन् । एसोसियट तर्फको उपाध्यक्षमा नेकपा प्यानलका राममणी थपलियाले जित हासील गरेका छन् । उनले ६६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी कांग्रेस निकटका हरि अधिकारीले ५३ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षमा नेकपा निकटका उपेन्द्र शर्मा आचार्यले जित हासील गरेका छन् । उनले ६४० मत प्राप्त गरे भने उनको प्रतिद्धन्दी कांग्रेस निकटकी मिना उप्रेतीले ४७३ मत हासील गरिन ।
यसअघिनै कांग्रेस प्यानलका रघुनाथ भट्ट वस्तुगत तर्फको उपाध्यक्षमा निर्वीरोध रुपमा निर्वाचित भइसकेका छन् । निर्वाचनको मतगणना अनुसार वाणिज्य र उद्योग तर्फको सदस्य तर्फपनि नेकपा प्यानलकोनै वर्चश्व रहेको छ । अबको संघको अध्यक्ष पदको नेतृत्व भने कांग्रेस निकटका अनिल कृष्ण श्रेष्ठले गर्नेछन् ।

तपाईको प्रतिक्रिया