काठमाडौं । एमाले नेता रघुजी पन्तविरुद्ध कोमल वलीले ४ वर्ष कैद र ४० हजार जरिवाना माग सहितको मुद्दा दर्ता गरेकी छिन् । राष्ट्रियसभा सदस्य रहेकी कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
एमाले नेता पन्तले सार्वजनिक कार्यक्रमहरुमा आफ्नो इज्जतमा धक्का पु¥याउने गरि जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै वालीले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् ।
वलील दिएको मुद्धा अनुसार गाली गरेवापत १ वर्ष कैद र १० हजार जिरवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना र त्यसको विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दावी गरेकी छिन् ।
पन्तको अभिव्यक्तिबाट आफ्नो प्रतिष्ठामा परेको असर र विद्युतीय र अन्य माध्यमबाट प्रचार प्रसार गरी बेइज्जती गरेको भन्दै वलीले मनासिव क्षतिपूर्ति र मुद्दामा लागेको खर्च भराउन पनि माग गरेकी छन् । वलीले महिलाको स्वतन्त्र पहिचान, आत्मसम्मान र क्षमतालाई महत्व नदिई पुरुषसँगको निकटताबाट नै महिलाको राजनीतिक भविष्य बन्ने गरेको जस्ता अभिव्यक्ति प्रकट गरी महिलाको चरित्र र आचरणमाथि प्रश्न उठाउएको भन्दै पन्तको कार्यले आफ्नो मात्र नभई समग्र महिला वर्गपति गाली बेइज्जती भएको बताएकी छिन् ।











