चितवन । रत्ननगरमा चोरीको घटना बढ्दै गएको देखिएको छ । यसको पछिल्लो उदाहरण हो सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरी हुनु । शनिवार राति रत्ननगर–१, बकुलहर हरिहर मन्दिर पछाडी रहेको घरको आँगनमा राखिएको ना.३३ प २२२७ नं. को सपुर स्पेल्नडर मोटरसाईकल चोरी भएको छ । राति घरमा रहेको स्कुटर, २ वटा साईकल र उक्त मोटरसाईकल संगै रहेकोमा मोटरसाईकल भने चोरी भएको सञ्चारकर्मी तथा नेपालीको आवाज डटकमका निर्देशक धुर्वराज लामिछानेले बताए ।

उनले सधै सवारी साधन र साईकल घर बाहिर राख्ने गरेको भएपनि शनिवार राति भने मोटरसाईकल चोरी भएको बताए । उनले मोटरसाईकल हराएको जानकारी ईलाका प्रहरी कार्यालय रत्ननगरमा दिइ सकेको बताउदै सबै सञ्चार माध्यममा पनि मौखिक जानकारी दिएको बताए । लामिछानेले सवारी सधान जस्को हराएको भएपनि यस्ता घटना बढ्नुले अरुको सवारी साधन पनि अबका दिनमा सुरक्षित छैन भन्ने संकेत गरेकाले प्रहरी प्रशासन अल्लि चनाखो बन्ने बेला आएको बताए ।

उता ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानासँग एसको बारेमा कुराकानी गर्दा उनले सवारीसाधन हराएको जानकारी आए पश्चात सबै क्षेत्रमा प्रहरी परिचालन गरिएको र मोटरसाईकल चोरी पछि जान सक्ने संभावित ठाउँको खोजि र अनुसन्धान सुरु गरिएको बताए । उनले कुनै पनि हालतमा रत्ननगरमा चोरीको घटनामा संलग्न जो कोहीलाई पनि पत्ता लगाएर कार्वाही गरेरनै छोड्ने प्रतिवद्धता ब्यक्त गरे ।
त्यस्तै नेपालीको आवाज डटकमका अध्यक्ष महेश पाण्डे र निर्देशक बिपिन शर्मा आचार्यले प्रेष नोट जारी गर्दै अबिलम्ब सञ्चारकर्मी तथा संस्थाका निर्देशक लामिछानेको मोटरसाईकल खोजि गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेका छन् । सो प्रेष नोटमा यदि कोही कसैले सो रातोकालो रङ मिसिएको मोटरसाईकल देख्नु भएका नजिकैको प्रहरी कार्यालय वा ९८५५०४३४४४, ९८४३६९७६१६, ९८४५३५०२५० मा सम्पर्क गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया