चितवन । चितवनमा पनि कोरोनाको कहर बढ्दै गएको छ । चितवनमा बुधबार राति थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै सो कुराको पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख मणिराज महतोले बुधबार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ४७ जनासहित कुल ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

बुधवार संक्रमण पुष्टि भएकामध्य भरतपुर महानगरपालिकाका मात्रै ४० जना रहेका छन् । जसमध्ये २३ जना पुरुष र १७ जना महिला रहेका छन् । त्यस्तै रत्ननगरमा २, खैरहनी नगरपालिकामा ३ र राप्ती नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको महत्तोको भनाई छ ।

यस्तै अन्य संक्रमण पुष्टि ९ जना मध्य नवलपरासी सुस्ता पूर्व गैंडाकोटका ४ र कावासोतीका २ तनहुँ, स्याङजा र रौतहटका एक जना रहेका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार कुल १४० नमुनाको परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया