महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । बुधवार (बैशाख २९) गते ११ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रतननगरमा २५२ जना पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए । बुधबार थपिएका ११ जना संक्रमितले मंगलबार कोरोना परिक्षणको लागि स्वाव दिएका थिए ।

बुधबार थपिएका संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख ३ देखि २९ गते सम्ममा संक्रमितको संख्या २५२ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या ५ जना अर्थात २ प्रतिशत, निको हुनेको संख्या २६ जना अर्थात १० प्रतिशत र सक्रिय संक्रमितको संख्या २२१ जना अर्थात ८८ प्रतिशत रहेको छ । केहि दिन अघि संक्रमितका संख्या शुन्यमा रहेको वडामा पनि बिरामी थपिदै गएपछि रत्ननगर पनि कोरोनाको हटस्पट बन्दै गएको प्रष्ट देखिएको छ । रत्ननगरमा सबैभन्दा धेरै संक्रमित वडा नं. १, २, ३, ४, ९, १०, १३, र १४ मा रहेको पाइएको छ भने अन्यमा पनि वडामा पनि यो आँकडा बढ्ने निश्चित प्राय देखिएको छ ।
रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेल भन्छन् यो आँकडा बढ्नुको मुख्य कारण कोराना पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले लापरवाही गरि आइसोलेसनमा शुरक्षित तरिकाले नबस्दा परिवारमा अन्यलाई सार्दा बढेको बताए । उनले त्यसरी एउटा घरको संक्रमितले परिवारका ३ जना सम्मलाई कोरोना सारेको पाइएको उनको भनाई छ ।
त्यसबाहेक पनि हस्पिटल जाने आउने गर्दा, बाहिर कामनै नपरी हिड्दा, स्वास्थ्य मापदण्ड पुरा नगरी बिना माक्स हिडडुल गर्दा पनि र सेनिटाईजर प्रयोग नगर्ने र बेलुका पख भट्टिमा पसेर रक्सी खाने प्रवृती पनि केहि ब्यक्तिमा देखिएकाले त्यसबाट पनि कोरोना सरेको पाइएको पौडेलको जिकिर छ ।
यसरी यी सबै आकाडालाई हेर्दा रत्ननगरमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढि रहेको देखिएको छ । जसको परिणाम भयावह हुन सक्ने बिज्ञको अनुमान रहेको छ ।
बुधवार (बैशाख २९) गते मात्रै थपिएका ११ जना नया कोरोना संक्रमितसंगै बुधवारसम्ममा संक्रमितको संख्या रत्ननगरको वडा अनुसार निम्न रहेको छ ः
रत्ननगर वडा नं. १ — ३५ जना
रत्ननगर वडा नं. २ —१९ जना
रत्ननगर वडा नं. ३ — २२ जना
रत्ननगर वडा नं. ४ — १५ जना
रत्ननगर वडा नं. ५ — १० जना
रत्ननगर वडा नं. ६ — ९ जना
रत्ननगर वडा नं. ७ — ७ जना
रत्ननगर वडा नं. ८ — ११ जना
रत्ननगर वडा नं. ९ — १६ जना
रत्ननगर वडा नं. १० — ३३ जना
रत्ननगर वडा नं. ११ — ११ जना
रत्ननगर वडा नं. १२ — ८ जना
रत्ननगर वडा नं. १३ — २० जना
रत्ननगर वडा नं. १४ — १६ जना
रत्ननगर वडा नं. १५ — १० जना
रत्ननगर वडा नं. १६ — १० जना











