काठमाडौँ । नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह डिस्चार्ज भएकी छिन् । काठमाडौंको थपाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत पूर्वरानी शाहलाई शुक्रबार अपराह्न ४ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

२१ दिनअघि कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए भने त्यसको दुई दिनपछि कोमल र प्रेरणा समेत डिस्चार्ज भएका हुन् ।

तपाईको प्रतिक्रिया