महेश पाण्डे
चितवन । मंगलबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुगेको छ । मंगलबार अर्थात जेष्ठ ४ गते एकै दिन १७ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रत्ननगरमा ३६३ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए ।

मंगलबार थपिएका कोरोना संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख ३ गते देखि यता जेष्ठ ४ गते सम्ममा संक्रमितको संख्या ३६३ पुगेको हो ।
रत्ननगरको तथ्याकंलाई हेर्दा हाल दोस्रो लहर यता सक्रिय संक्रमितको संख्या २८८ रहेको छ । जसमा २६६ जना होम आइसोलेसनमा, २० जना हस्पिटलमा र २ जना नगरको आइसोलेसन अर्थात बकुलहर रत्ननगर अस्पतालमा रहेका छन् भने ६७ जनाले कोरोनालाई जित्न सफल भएका छन् । हालसम्म कोरोनाको यो दोस्रो लहरमा ८ जनाको कोरोनाकोनै कारणले मृत्यु भइसकेको छ ।

यसैबिच रत्ननगर नगरपालिकाले रत्ननगरमानै कोरोनाको निशुल्क एन्टिजेन परिक्षण पनि सुरु गरेको छ । मंगलबार गरिएको एन्टिजेन परिक्षणमा ५ जनामा कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख पौडलको भनाई छ । उनका अनुसार मंगलबारको पिसिआर परिक्षणमा १२ जनाको कोरोना पोजेटिभ आएको र सोमबारको भएको स्वाव संकलनमा मंगलबार १७ जनाको कोरोना रिपोट पोजेटिभ आएको छ ।
रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेल भन्छन् यो आँकडा बढ्नुको मुख्य कारण कोराना पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले लापरवाही गरि आइसोलेसनमा शुरक्षित तरिकाले नबस्दा परिवारमा अन्यलाई सार्दा बढेको हो । उनले त्यसरी एउटा घरको संक्रमितले परिवारका ३ जना सम्मलाई कोरोना सारेको पाइएको उनको भनाई छ ।
त्यसबाहेक पनि हस्पिटल जाने आउने गर्दा, बाहिर कामनै नपरी हिड्दा, स्वास्थ्य मापदण्ड पुरा नगरी बिना माक्स हिडडुल गर्दा पनि र सेनिटाईजर प्रयोग नगर्ने र बेलुका पख भट्टिमा पसेर रक्सी खाने प्रवृती पनि केहि ब्यक्तिमा देखिएकाले त्यसबाट पनि कोरोना सरेको पाइएको पौडेलको जिकिर छ ।
यसरी हेर्दा रत्ननगरमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेकोले सबैलाई सचेत रहेर लकडाउनको पुर्ण रुपमा पालना गर्न स्वास्थ्य शाखा प्रमुख पौडेलको आग्रह रहेको छ ।











